default_image

4 years ago

April 16, 2020

आइपिएल श्रीलंकामा गर्ने प्रस्ताव

39 views

0 Bookmark

एजेन्सी – विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण श्रीलंकामा आयोजना गर्ने श्रीलंका क्रिकेटले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) सामु प्रस्ताव राखेको छ ।

चैत १६ देखि सुरु हुने प्रारम्भिक तालिका भनिएपनि कोरोना भाइरसको कारण आइपिएल वैशाख ३ सम्म सारेको थियो । तर भारत सरकारले लकडाउन वैशाख २१ सम्म लम्बाएपछि आइपिएल अनिश्चित समयका लागि स्थगित भएको हो । बिसिसिआईले अब नयाँ मितिबारे कुनै किसिमको सुचना सार्वजनिक गरेको छैन ।

यसबीचमा श्रीलंका क्रिकेटले आइपिएल श्रीलंकामा गर्न प्रस्ताव पेस गरेको बताएको छ । श्रीलंका क्रिकेटका अध्यक्ष शाम्मी सिल्भाले आइपिएल हुन नसके बिसिसिआईले धेरै घाटा हुने कारण श्रीलंकामा गर्ने प्रस्ताव राखिएको बताएका छन् । ‘ हामीले प्रस्ताव पेस गरेका छौं । अब बिसिसिआईले हाम्रो प्रस्ताव मान्छ भने विगतमा बाहिर भएझैं यसपटक श्रीलंकामा आइपिएल आयोजना गर्न सकिन्छ,’ सिल्भाले भने ।

यसअघि सन् २००९ मा दक्षिण अफ्रीकामा आइपिएलको पूरै सिजन आयोजना गरिएको थियो । त्यस्तै सन् २०१४ मा पनि केहि खेल संयुक्त अरब एमिरेट्समा खेलिएको थियो । भारतमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएकाले प्रतियोगिता हुनेमा शंका बढेको हो ।

भारतमा आजसम्म १२ हजार ४ सय ५६ कोरोना संक्रमित भेटिएका छन् भने १५ सय १३ जनाले ज्यान गुमाएका छन् । यता श्रीलंकामा भने २ सय ३८ जना संक्रमित भेटिदा ७ जनाको मृत्यु भएको छ ।

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

May 18, 2024

एपिएफ अपराजित रहँदै च्याम्पियन 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप २०८१ को उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमान्चक जित दर्ता गर्दै एपिएफले चौथो संस्करणमा चौथो पटक नै उपाधि जितेको हो । अन्तिम दुई ओभरमा २९ रन चाहिएको अवस्थामा सुदुरकी कविता जोशीले राजमती […]

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

Success

Thank you for your time.