default_image

4 years ago

June 17, 2020

एकै खेलमा तीन टोलीबीच प्रतिस्पर्धा हुने

एजेन्सी — दक्षिण अफ्रिका क्रिकेट बोर्डले एकै खेलमा तीन टोलीबीच सोलिडारिटी कप क्रिकेट (थ्री टिम क्रिकेट) गर्ने भएको छ । सुपरस्पोर्टस पार्कमा आगमी जुन २७ (असार १३) मा तीन टोलीबीच एकै खेलमा प्रतिस्पर्धा हुने छ । क्रिकेटको नयाँ शैलीमा खेलाइने यस खेलमा दक्षिण अफ्रिका शीर्ष २४ खेलाडीले खेल्ने छन् । ईगल्सको कप्तानी दक्षिण अफ्रिका पुर्व […]

58 views

0 Bookmark

एजेन्सी — दक्षिण अफ्रिका क्रिकेट बोर्डले एकै खेलमा तीन टोलीबीच सोलिडारिटी कप क्रिकेट (थ्री टिम क्रिकेट) गर्ने भएको छ ।

सुपरस्पोर्टस पार्कमा आगमी जुन २७ (असार १३) मा तीन टोलीबीच एकै खेलमा प्रतिस्पर्धा हुने छ । क्रिकेटको नयाँ शैलीमा खेलाइने यस खेलमा दक्षिण अफ्रिका शीर्ष २४ खेलाडीले खेल्ने छन् । ईगल्सको कप्तानी दक्षिण अफ्रिका पुर्व कप्तान तथा विश्फोटक ब्याट्सम्यान एबी डि भिलियर्सले गर्ने छन् ।

सन् २०१८ मा सन्न्यास लिएका डिभिलिर्यस पछिल्लो समय दक्षिण अफ्रिका टोलीमा फर्किन संघर्षरत छन् । किंगफिशरको कप्तानी तीब्र गतिका बलर कागिसो रबाडाले गर्ने छन् । त्यस्तै दक्षिण अफ्रिका सिमित ओभरका कप्तान तथा विकेटकिपर क्विन्टन डी ककले काइट्सको नेतृत्व गर्ने छन् । दक्षिण अफ्रिका निर्देशक ग्रिम स्मिथले यस शैलीको क्रिकेटले उत्साह फिर्ता ल्याउने विश्वास राखेका छन् ।

खेल कुल ३६ ओभरको हुने छ । हरेक टोलीमा ८ जना खेलाडी हुने छन् । प्रत्येक टोलीले १२ ओभर खेल्ने छन् । ६ ओभरको एक इनिङ हुने छ । एउटा बलरले अधिक्तम ३ ओभर बलिङ गर्न पाउने छ । १८ ओभरमा ब्रेक टाइम हुने छ । ७ विकेट पतनपछि पनि अन्तिम ब्याट्सम्यानले खेल्न पाउने छ ।

उक्त ब्याट्सम्यानले २ रन वा बाउन्ड्री प्रहार गर्नुपर्ने हुन्छ । अर्थात सिंगल रन जोड्न भने पाउने छैन । सर्वाधिक रन बनाउने टोलीले स्वर्ण, दोस्रो धेरै रन बनाउने टोलीले रजत र कास्य पदक प्राप्त गर्ने छन् । दुवै टोलीले बराबर रन बनाए सुपर ओभरको आधारमा स्वर्ण पदक प्रदान गरिने दक्षिण अफ्रिका क्रिकेट बोर्डले जनाएको छ ।

कागिसो रबाडाले कप्तानी गर्ने किंगफिशरमा फाफ डु प्लेसिस, क्रिस मोरिस, तबरेज शम्सी, रिजा हेन्ड्रिक्स, जानेमान मालन, हेनरिक्स क्लासेन र ग्लेन्टन स्टुर्मन छन् । डि भिलियर्स कप्तान रहेको ईगल्समा एडेन मार्क्ररम, लुन्गी एन्गिडी, एन्डिल फेहलुकवयो, रास्सी भान डर दुसेन, जुनियर डाला, काइल बिर्रेन्नी र सिसान्ड मगला रहेका छन् ।

क्विन्टन डी कक कप्तान रहेको काइट्समा डेविड मिलर, तेम्बा बभुमा, एनरिच नोर्टिज, ड्वेन प्रिटोरियस, ब्युरन हेन्ड्रिक्स, जेजे स्मिट्स र लुथो सिपम्ला रहेका छन् ।

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

Success

Thank you for your time.