5 years ago
September 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) सिजन २०२० मा खेलेर इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न संयुक्त अरव इमिरेट्स (यूएई) आइतबार पुग्ने भएका छन् ।

सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले सन्दीप शनिवार यूएईतर्फ लाग्ने बताएका छन् । रमनका अनुसार सन्दीप आइतबार यूएई पुग्ने छन् । सन्दीप सम्मिलित जमैका तलावाज सेमिफाइनलमा ट्रीनबेगो नाइट राइडर्ससँग ९ विकेटले पराजित हुँदै बाहिरिएको थियो । नाइट राइडर्सले सेन्ट लुसिया जुक्सलाई ८ विकेटले हराउँदै चौथो पटक उपाधि जितेको छ ।
सन्दीपले ११ खेलमा १० इनिङमा ४० ओभर बलिङ गर्दै १ मेडन सहित २ सय ११ रन खर्चेर १२ विकेट लिदै उत्कृष्ट प्रर्दशनका साथ सिपिएल यस सिजनको अन्त्य गरे । सन्दीपको इकोनमी रेट ५.२७ रहँद उत्कृष्ट प्रर्दशन २–८ रह्यो । सन्दीपलाई जमैकाले १ करोड भन्दा बढी नेपाली रुपैयाँमा जमैकाले अनुबन्ध गरेको थियो ।
सन्दीप लगातार तेस्रो सिजन दिल्ली क्यापिटल्सबाट आइपिएल खेल्ने छन् । सिपिएलमा उच्च प्रर्दशन गरेका सन्दीपको मनोबल उच्च छ । आइपिएल सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुने छ । दिल्ली पहिलो पटक उपाधि जित्ने सोचमा छ । कागजी रुपमा दिल्ली बलियो दाबेदार टोली हो । दिल्लीले आइपिएलमा सेप्टेम्बर २० मा किंग्स इलेभेन पञ्जावसँग खेल्दै सुरुवात गर्ने छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]