5 years ago
September 12, 2020
एजेन्सी – मध्यक्रमका ब्याट्म्यान साम विलिंग्सको उत्कृष्ट शतकको बाबजुद इंग्ल्यान्ड अष्ट्रेलियासँगको पहिलो ओडिआई खेलमा १९ रनले पराजित भएको छ । योसँगै तीन ओडिआई सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।

जितका लागि २ सय ९५ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्ड निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ७५ रनमा समेटियो । इंग्ल्यान्डका साम विलिंग्सले १ सय १० बलमा १४ चौका र २ छक्का सहित १ सय १८ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् । यो उनको करिअरको पहिलो ओडिआई शतक हो । विलिंग्सलाई अन्तिम बलमा मिचेल मार्शले डेभिड वार्नरको हातबाट आउट गरे ।
त्यस्तै ओपनर जोनी बेयरस्टोले १ सय ७ बलमा ४ चौका र ४ छक्का सहित ८४ रनको योगदान दिए । बेयरस्टोलाई ३६ औं ओभरको दोस्रो बलमा एडम जाम्पाले जोश हेजलवुडबाट क्याच आउट गराए । यी दुई ब्याट्सम्यान बाहेक अन्यको प्रर्दशन सम्झन लायक रहेन । पाँचौ विकेटका लागि बेयरस्टो र विलिंग्सले १ सय १३ रनको शतकीय साझेदारी गर्दै टोलीलाई खेलमा फर्काउन खोजेका थिए ।
चौथो ओभरको पाँचौ बलमा हेजलवुड आफ्नो बलमा आफैं एक हातले उत्कृष्ट क्याच लिदैं ओपनर जेसन रोयलाई ३ रनमा पेभिलिएन फर्काए । आठौं ओभरको पहिलो बलमा जो रुटलाई हेजलवुडलेनै विकेटकिपर एलेक्स केरीबाट १ रनमा क्याच आउट गराउँदै दबाबमा राखे । १५ औं ओभरको पाँचौ बलमा कप्तान ओईन मोर्गनलाई जाम्पाले ग्लेन म्याक्सवेलबाट २३ रनमा क्याच आउट गराउँदा इंग्ल्यान्ड ५५–३ को अवस्थामा पुगेको थियो ।

मोर्गनले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे । जाम्पाले १७ औं ओभरको पहिलो बलमा जस बटलरलाई १ रनमा मार्नस लाबुसेनको हातबाट बल समाएपछि अष्ट्रेलियाले जितको आधार तय गरेको थियो । मोईन अली ६, क्रिस वोक्स १० र आदिल राशिद ५ रनमा आउट भए । जोफ्रा आर्चर ८ रनमा अविजित रहे ।
अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले १० ओभरमा ५५ रन खर्चेर ४ विकेट लिए । तीव्र गतिका बलर जोश हेजलवुडले १० ओभरमा ३ मेडन राख्दै २६ रन खर्चेर ३ महत्वपूर्ण विकेट हात पारे । हेजलवुडनै खेलको ‘प्लेयर अफ द म्याच’ चुनिए । प्याट कमिन्स र मिचेल मार्शको नाममा एक एक विकेट रह्यो ।
त्यसअघि म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९४ रन बनाएको थियो । अष्ट्रेलियाका आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेलले तल्लोक्रममा ५९ बलमा ४ चौका र ४ छक्का सहित सर्वाधिक ७७ रनको योगदान दिए । जोफ्रा आर्चरले ४४ औं ओभरको तेस्रो बलमा बोल्ड आउट गर्दै म्याक्सवेललाई शतक सम्म पुग्न दिएनन् ।
मिचेल मार्शले ७३ रनको महत्पूर्ण योगदान दिए । ४७ औं ओभरको अन्तिम बलमा मार्क वुडले एलबिडब्लू आउट गर्नुअघि मार्शले एक सय बलमा ६ चौका प्रहार गरे । खराब सुरुवात गरेको अष्ट्रेलियालाई छैटौं विकेटका लागि मार्श र म्याक्सवेलले १ सय २६ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए ।

ओपनर डेभिड वार्नरलाई चौथो ओभरको पहिलो बलमा जोफ्रा आर्चरले ६ रनमा बोल्ड आउट गरे । दशौं ओभरको पहिलो बलमा मार्क वुडले विकेटकिपर जस बटलरबाट कप्तान आरोन फिन्चलाई १६ रनमा क्याच गराए । फिन्चले २५ बलमा ३ चौका प्रहार गरे । टोलीका प्रमुख ब्याट्सम्यान स्टिभ स्मिथ विहिबार अभ्यासको क्रममा घाइते भएपछि यस खेलमा टोलीमा छैनन् । त्यसैले तेस्रो नम्बरमा अष्ट्रेलियाले मार्कस स्टोइनिसलाई मैदान उतारेको थियो ।
स्टोइनिस र मार्नस लाबुसेनले तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाउन खोजेका थिए । तर वुडको बलमा कट निकाल्ने प्रयासमा स्टोइनिस बटलरबाट ४३ रनमा समातिन पुगेपछि अष्ट्रेलिया १५।२ ओभरमा ८०–३ को अवस्थामा पुगेको थियो । स्टोइनिसले ३४ बलमा ६ चौका प्रहार गरे ।
२० औं ओभरको दोस्रो बलमा लाबुसेनलाई स्पिनर आदिल राशिदले २१ रनमा एलबिडब्लू आउट गरे । लाबुसेनले ३० बलमा एक चौका प्रहार गरेका थिए । राशिदको एलेक्स केरी २४ औं ओभरको चौथो बलमा टप एज लागेर १० रनमा साम विलिंग्सबाट क्याच हुन पुगेपछि अष्ट्रेलिया १२३–५ को कम्जोर अवस्थामा पुगेको थियो ।

तर म्याक्सवेल र मार्शले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई बलियो योगफलमा पुर्याएका थिए । प्याट कमिन्सलाई आर्चरले ९ रनमा क्याच आउट गराए । मिचेल स्टार्क १२ बलमा १ चौका र १ छक्का सहित १९ रनमा अविजित रहे । एडम जाम्पा ५ रनमा आउट भए ।
इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले १० ओभरमा ५७ रन खर्चेर ३ विकेट लिए । स्पिनर आदिल राशिदले १० ओभरमा ५५ रन खर्चेर २ विकेट लिए । मार्क वुडले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । क्रिक्स वोक्सले एक विकेट लिए । दोस्रो खेल आइतबार र तेस्रो तथा अन्तिम खेल बुधबार हुने छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]