default_image

5 years ago

September 12, 2020

बेंगलोर : सफल खेलाडीको असफल टोली

169 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) मा कागजी रुपमा सबै सिजनमा बलियो तर एक असफल फ्रेन्चाइज टोली हो ।

बेंगलोर आइपिएल इतिहासमा तीन पटक फाइनलमा पुगेपनि उपाधि जित्न सकेको छैन । संयुक्त अरब इमिरेट्स (यूएई) मा अर्को साता देखि सुरु हुने १३ औं संस्करणको आइपिएलमा बेंगलोर इतिहास रच्दै अभागी टोलीको दाग मेटाउन चाहन्छ । आइपिएलमा एकै इनिङमा सर्वाधिक र कम रन बनाउने कीर्तिमान बेंगलोरको नाममा छ ।

सन् २०१३ मा पुणे वारियर्सविरुद्ध बेंगलोरले ५ विकेटको क्षतिमा २ सय ६३ रन बनाएको थियो । सन् २०१७ मा कोलकाता नाइट राइडर्सविरुद्ध बेंगलोर ९.४ ओभरमा ४९ रनमा अल आउट भएको थियो ।

सबै संस्करणको नतिजा

सन् २००८ मा बेंगलोर सातौं औं स्थानमा रहेर बाहिरिएको थियो । २००९ मा फाइनलमा डेक्कसन चार्जर्ससँग ६ रनले पराजित हुँदै च्याम्पियन बन्ने अवसर चुकाएको थियो । सन् २०१० मा बेंगलोर सेमिफाइनलमा मुम्बई इन्डियन्ससँग ३५ रनले पराजित हुँदै बाहिरिएको थियो । २०११ मा बेंगलोर चेन्नई सुपर किंग्ससँग फाइनलमा ५८ रनले पराजित हुँदै पुनः दोस्रो पटक च्याम्पियन बन्न सकेन । २०१२ र २०१३ मा समान पाँचौ स्थानमा रहेर बाहिरिएको थियो ।

सन् २०१४ मा सातौं औं र २०१५ मा तेस्रो स्थानमा रह्यो । सन् २०१६ मा बेंगलोर पुन: च्याम्पियन बन्ने अवसर गुमायो । बेंगलोर फाइनलमा सनराइजर्स हैदराबादसँग ८ रनको झिनो अन्तरले पराजित भएको थियो । त्यसयता बेंगलोर लिग चरणबाटै बाहिरिंदै आएको छ । सन् २०१७ मा आठौं औं, २०१८ छैटौं र २०१९ मा पुछारमा थियो ।

सफल खेलाडी तर असफल टोली

बेंगलोरमा सुरुवाती सिजन देखिनै विश्वका चर्चित, ठूला नाम र सफल खेलाडीहरुले खेल्दै आएका छन् । सुरुवाती संस्करणमा राहुल द्रविड, अनिल कुम्बले, मार्क बाउचर, डेल स्टेन, मिस्बाह उल हक, विराट कोहली र केविन पिटरसन लगायतका चर्चित खेलाडी थिए । त्यसपछि बेंगलोरमा विराटपछि एवि डी भिलियर्स, मिचेल स्टार्क, मोहम्मद कैफ, मथैया मुरलिधरन, लोकेश राहुल, शेन वाटसन, क्विन्टन डी कक लगायतका थुप्रै विश्वका चर्चित खेलाडी खेलेका छन् ।

कागजमा ठूला नाम गरेपनि मैदानमा त्यहिं अनुसार प्रर्दशन हुन सकेको छैन । जसमा बेंगलोरको टोली ब्यवस्थापन पनि जिम्मेवार देखिन्छ । खेलाडी फुकुवा र अनुबन्धमा टोली ब्यवस्थापनको निर्णय कम्जोर देखिदै आएको छ ।

सम्पूर्ण कप्तान र नतिजा

बेंगलोरको २००८ मा कप्तानी राहुल द्रविडले गरेका थिए । जसमा १४ खेलमा कप्तानी गर्दा १० मा हार र ४ मा मात्र जित दिलाए । २००९ मा बेंगलोरको कप्तानी इंग्ल्यान्डका केविन पिटरसन र अनिल कुम्बले २०१० सम्म गरेका थिए । पिटरसले ६ खेलमा कप्तानी गर्दा ४ मा हार र २ मा जित दिलाएका थिए । अनिल कुम्बले ३५ खेलमा १९ मा जित र १६ मा हार बेहोरेका थिए ।

२०११ र २०१२ मा न्युजिल्यान्डका ड्यानिल भिटोरीले कुल २८ खेलमा कप्तानी गर्दा १५ मा जित र १३ मा हार बेहोरेका थिए । कोहलीको अनुपस्थितिमा शेन वाटसनले सन् २०१७ मा ३ खेलमा कप्तानी गर्दा १ मा जित र २ मा हार बेहोरेका थिए । सन् २०११ देखि हालसम्म कप्तानी गरेका कोहलीले ९६ खेलमा कप्तानी गर्दा ४४ मा जित र ४७ मा हार बेहोरेका छन् । दुई खेल बराबर हुँदा तीन खेलको नतिजा विहिन छ ।

कोहलीलाई उपाधिको दबाब

कप्तान कोहलीलाई आइपिएल उपाधि जित्नुपर्ने दबाब छ । भारतीय टोलीका ओपनर रोहित शर्माले मुम्बई इन्डियन्सलाई चार पटक च्याम्पियन बनाई सकेका छन् । महेन्द्रसिंह धोनीले चेन्नईलाई तीन पटक उपाधि जिताएका छन् । सन् २०११ देखि बेंगलोरको कप्तानी गर्दै आएका कोहलीले हालसम्म उपाधि जिताउन सकेका छैनन् ।

भारतीय क्रिकेटमा टि२० टोलीको कप्तान रोहितलाई बनाउनु पर्ने आवाज उठ्न थालेको छ । आइपिएलमा कोहली एकै संस्करण र इतिहास दुवैमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । कोहलीलाई यो सिजनमा प्रर्दशन भन्दा बढी उपाधिको दबाब छ । आगमी वर्ष भारतमै टि२० विश्वकप हुने छ । जसले यस आइपिएलको नतिजाले ठूलो प्रभाव पार्ने छ ।

बेंगलोरको खेल तालिका

बेंगलोरले सेप्टेम्बर २१ मा सनराइजर्स हैदराबादसँग दुबईमा खेल्दै सुरुवात गर्ने छ । हैदराबादसँगको दोस्रो खेलमा अक्टोबर ३१ मा शारजाहमा खेल्ने छ । बेंगलोरले दिल्लीसँग पहिलो खेल अक्टोबर ५ मा दुबईमा र दोस्रो खेलमा नोभेम्बर २ मा आबूधाबीमा खेल्ने छ । किंग्स इलेभेन पञ्जावसँग पहिलो खेल सेप्टेम्बर २४ मा दुबई र दोस्रो अक्टोबर १५ मा शारजाहमा खेल्ने छ ।

बेंगलोरले मुम्बईसँग पहिलो खेल सेप्टेम्बर २८ र दोस्रो अक्टोबर २८ मा खेल्ने छ । बेंगलोरले राजस्थानसँग पहिलो खेल आबूधाबीमा अक्टोबर ३ मा र दोस्रो खेल अक्टोबर १७ मा दुबईमा खेल्ने छ । चेन्नईसँग पहिलो खेल अक्टोबर १० मा र दोस्रो अक्टोबर २५ मा दुबईमै भिड्ने छ । कोलकातासँग पहिलो खेल अक्टोबर १२ मा शारजाहमा र दोस्रो अक्टोबर २१ मा आबूधाबीमा खेल्ने छ ।

बलियो स्पिन आक्रमण

आइपिएल हुने यूएईका शारजाह, दुबई र आबूधाबी स्पिनर सहयोगी मैदान मानिन्छ । यस पटक बेंगलोरमा अष्ट्रेलिया एडम जाम्पा, इंग्ल्यान्डका मोईन अली, भारतीय लेग स्पिनर युजभेन्द्र चहल, वासिन्टन सुन्दर, पवन नेगी र पवन देशपान्डे स्पिनरको रुपमा छन् । जाम्पा अष्ट्रेलिया र चहल भारतीय टोलीबाट पहिलो रोजाईमा पर्दै निरन्तर राम्रो गर्दै आएका छन् ।

शीर्षक्रम ब्याटिङमा निर्भर

बेंगलोरको मुख्य हतियार शीर्षक्रमको ब्याटिङ हो । कोहली, डी भिलियर्स र अरोन फिन्चको प्रर्दशनले धेरै प्रभाव पार्ने छ । यी तीन ब्याट्सम्यानले उच्च प्रर्दशन गरेको खण्डमा तल्लोक्रममा मोईन अली, इसुरु उडना, शिवम दुबे र क्रिस मोरिसले राम्रो अन्त्य गर्न सक्छन् । शीर्षक्रमका ब्याट्सम्यान चल्न नसकेको खण्डमा युवा ब्याट्सम्यान देवदत्त पाडिक्कल र जोश फिलिपे जस्ता क्षमतावान् युवा खेलाडी दबाबमा पर्ने हुँदा प्रर्दशनमा समेत असर पर्न सक्छ ।

बेंगलोरको कमजोर पक्ष

बेंगलोरको कमजोर पक्ष डेर्थ ओभर बलिङ हो । बेंगलोरमा तीब्र गतिका बलरका रुपमा डेल स्टेन, मोहम्मद सिराज, क्रिस मोरिस, उमेश यादव र नवदीप सैनी छन् । गतवर्ष बेंगलोरको डेर्थ ओभर बलिङ निकै कम्जोर रहँदा पुछारमा रहनु परेको थियो । यस पटक अक्सनमा बेंगलोरले क्रिस मोरिस र केन रिचर्ड्सनलाई महँगो मूल्य खर्चेर अनुबन्ध गरेको थियो ।

तर रिचर्डसनले पारिवारिक आइपिएल खेल्ने छैनन् । गतवर्ष दिल्लीबाट आइपिएल खेलेका मोरिसले ९ खेलमा १३ विकेट लिएका थिए । उनको इकोनमी रेट ९.२७ थियो । जसले गर्दा यस सिजनमा पनि बेंगलोरलाई डेथ ओभर चिन्ताको विषय रहेको छ । सुरुवात उमेश यादव र डेल स्टेनले गर्ने छन् । मध्यक्रम स्पिनरले सम्हाल्ने छन् । तर तल्लोक्रममा उत्कृष्ट डेथ ओभर स्पेलिष्ट बलर देखिदैनन् । जितका लागि सुरुवात मात्र राम्रो भएर हुँदैन अन्त्यत पनि त्यतिनै उत्कृष्ट हुनुपर्दछ ।

नायक बन्न सक्ने दुई विदेशी खेलाडी

डी भिलियर्स : दक्षिण अफ्रिकी ब्याट्सम्यान डी भिलियर्स बेंगलोरका प्रमुख आक्रामक ब्याट्सम्यान हुन् । उनको प्रर्दशन निकै महत्त्वपूर्ण हुने छ । टोलीमात्र होईन आइपिएलको प्रर्दशनले उनको करिअर आइपिएलपछि कुन मोड लिन्छ भन्ने संकेत गर्नेछ । सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका डी भिलियर्सलाई टोलीमा फर्किन आइपिएलमा उच्च प्रर्दशन गर्नैपर्ने दक्षिण अफ्रिका क्रिकेट बोर्डले बताउँदै आएको छ । जसले गर्दा उनले राम्रो प्रर्दशनका लागि हर प्रयास गर्ने छन् ।

मोईन अली : इंग्ल्यान्डका अलराउन्डर मोईन अली बेंगलोरका नायक बन्न सक्छन् । तल्लोक्रममा आक्रामक ब्याटिङको क्षमता राख्ने अलीले स्पिन बलिङ गर्ने गर्दछन् । यूएईका मैदान स्पिनर सहयोगी हुँदा अलीले ब्याट र बल दुबैमा चमत्कार गर्न सक्छन् ।

प्रमुख हतियार कोहली

कोहली बेंगलोरका प्रमुख हतियार हुन् । उनको प्रर्दशन र कप्तानीमा बेंगलोर धेरै निर्भर रहने छ । कोहली आइपिएलका सर्वाधिक सफल ब्याट्म्यान हुन् । उनले १ सय ७७ खेलमा ५ हजार ४ सय १२ रन बनाएका छन् । एकै संस्करणमा सर्वाधिक रन बनाउने कीर्तिमान कोहलीको नाममा छ । कोहलीले सन् २०१६ मा ९ सय ७३ रनका साथ यो कीर्तिमान कायम गरेका थिए ।

फिलिपे र पाडिक्कल बन्न सक्छन् सरप्राइज

बेंगलोरले अक्सनमा समान ३२ लाख नेपाली रुपैयाँमा अष्ट्रेलियाका जोश फिलिपे र देवदत्त पाडिक्कललाई अनुबन्ध गरेको थियो । बिग ब्यास लिगमा उच्च प्रर्दशन गरेका विकेटकिपर फिलिपे आक्रामक ब्याटिङका लागि माहिर छन् । अर्कोतर्फ भारतीय घरेलु क्रिकेटमा उच्च प्रर्दशन गर्दै आएका पाडिक्कल उच्च लयमा छन् । यी युवा ब्याट्सम्यानले डेब्यु गर्दै बेंगलोरका महँगो मूल्यका खेलाडीले भन्दा उत्कृष्ट प्रर्दशन गर्न सक्छन् ।

सम्भावित पहिलो रोजाईका प्लेइङ ११ : अरोन फिन्च, विराट कोहली, एबी डी भिलियर्स, देवदत्त पाडिक्कल, मोईन अली, शिवम दुबे, युजभेन्द्र चहल, नवदीप सैनी, डेल स्टेन, उमेश यादव र वासिन्टन सुन्दर ।

बेंगलोरको पूर्ण टोली : देवदत्त पाडिक्कल, जोशुवा फिलिपे, शहवाज अहमद, विराट कोहली (कप्तान) एडम जाम्पा, पार्थिव पटेल, इसुरु उडाना, उमेश यादव, पवन देशपान्डे, युजभेन्द्र चहल, क्रिस मोरिस, एवी डिभिलियर्स, डेल स्टेन, पवन नेगी, आरोन फिन्च, गुरक्रितसिंह मान, नवदीप सैनी, शिवम दुबे, वासिन्टन सुन्दर, मोईन अली र मोहम्मद सिराज ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.