5 years ago
September 14, 2020
एजेन्सी – इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा अष्ट्रेलियालाई २४ रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ ।

जितका लागि २ सय ३२ रनको मध्यम लक्ष्य पछ्याएको अष्ट्रेलिया ४८.४ ओभरमा २ सय ७ रनमा अल आउट हुन पुग्यो । अष्ट्रेलिया कप्तान आरोन फिन्चले १ सय ५ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ७३ रनको योगदान दिए पनि जितको लागि पर्याप्त भएन ।
चौथो ओभरको चौथो बलमा ओपनर डेभिड वार्नरलाई जोफ्रा आर्चरले जस बटलरबाट ६ रनमा क्याच आउट गराए । आठौं ओभरको पाँचौ बलमा आर्चरले बटलरबाटै मार्कस स्टोइनिसलाई ९ रनमा पेभिलिएन फर्काए । तेस्रो विकेटका लागि मार्नस लाबुसेन र फिन्चले १ सय ७ रनको शतकीय साझेदारी गर्दै टोलीलाई खेलमा फर्काएपनि तल्लोक्रमका ब्याट्सम्यान सस्तैमा आउट हुँदा पराजित हुन पुगेको हो ।
मिचेल मार्शलाई आर्चरले एक रनमा बोल्ड आउट गरे । फिन्चलाई ३३ औं ओभरको तेस्रो बलमा क्रिस वोक्सले बोल्ड आउट गरे । ३५ औं ओभरको पहिलो बलमा ग्लेन म्याक्सवेललाई वोक्सले एक रनमा बोल्ड आउट गरेपछि अष्ट्रेलियाको जित टाढिएको थियो । एलेक्स केरी ३६, प्याट कमिन्स ११, मिचेल स्टार्क शून्य र एडम जाम्पा २ रनमा आउट भए ।

इंग्ल्यान्डका जोफ्रा आर्चरले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चेर ३ विकेट लिए । आर्चर ‘प्लेयर अफ द म्याच’ चुनिए । क्रिस वोक्सले १० ओभरमा १ मेडन सहित ३२ रन खर्चेर ३ विकेट लिए । साम करनले ९ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । आदिल राशिदको नाममा १ विकेट रह्यो ।
त्यसअघि म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३१ रन बनाएको थियो । एक समय ४०.१ ओभरमा १४९–८ को अवस्थामा रहेको इंग्ल्यान्डलाई नवौं विकेटका लागि आदिल राशिद र टम करनले ७६ रनको उत्कृष्ट साझेदारी गर्दै मध्यम योगफलमा पुर्याएका हुन् । राशिद २६ बलमा ३ चौका र १ छक्का सहित ३५ रनमा अविजित रहे । टम करन ३९ बलमा ५ चौका सहित ३७ रनमा आउट भए ।
पाँचौ ओभरको पहिलो बलमा तीव्र गतिका बलर मिचेल स्टार्कले ओपनर जोनी बेयरस्टोलाई विकेटकिपर एलेक्स केरीबाट शून्यमा समाउँदै पेभिलिएन फर्काएका थिए । सातौं ओभरको अन्तिम बलमा मार्कस स्टोइनिसले अर्का ओपनर जेसन रोयलाई २१ रनमा उत्कृष्ट रन आउट गरे । रोयले २२ बलमा ४ चौका प्रहार गरे ।
खराब सुरुवात गरेको इंग्ल्यान्डलाई तेस्रो विकेटका लागि कप्तान ओईन मोर्गन र जो रुटले ६१ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । तर २२।३ ओभरमा स्पिनर एडम जाम्पाले कप्तान अरोन फिन्चबाट ३९ रनमा रुटलाई क्याच गराउँदै साझेदारी तोडेका थिए । रुटले ७३ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
२६ औं ओभरको तेस्रो बलमा प्याट कमिन्सले विकेटकिपर जस बटलरलाई तीन रनमा एलबिडब्लू आउट गरे । २९ औं ओभरको पाँचौ बलमा जाम्पाले कप्तान मोर्गनलाई ४२ रनमा एलबिडब्लू आउट गर्दा इंग्ल्यान्डलाई ११७–५ को कम्जोर अवस्थामा पुर्याए । मोर्गनले ५२ बलमा ५ चौका प्रहार गरे । साम विलिंग्स ८ र साम करन १ रनमा पेभिलिएन फर्के ।
जोश हेजलवुडले क्रिस वोक्सलाई २६ रनमा केरीबाट क्याच आउट गराए । उनले ३९ बलमा ४ चौका प्रहार गरे । वोक्स आउट हुँदा इंग्ल्यान्ड ४०।१ ओभरमा ८–१४९ को अवस्थामा पुगेको थियो । अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्कले १० ओभरमा १ मेडन सहित ३८ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुड, मिचेल मार्श र प्याट कमिन्सले एक एक विकेट लिए । पहिलो खेलमा अष्ट्रेलिया १९ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल वुधबार हुने छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]