default_image

4 years ago

September 15, 2020

तेस्रो उपाधि जित्ने सोचमा कोलकाता

एजेन्सी – कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को एक सफल फ्रेन्चाइज टोली हो । आइपिएल इतिहासमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स पछिको सफल टोली मानिन्छ । १२ औं संस्करण सकिँदा कोलकाताले दुई पटक उपाधि जितेको छ । कोलकाता ६ वर्षपछि तेस्रो उपाधि जित्ने रणनीतिका साथ तयारी गरि रहेको छ । कोलकाताले टोली […]

49 views

0 Bookmark

एजेन्सी – कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को एक सफल फ्रेन्चाइज टोली हो । आइपिएल इतिहासमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स पछिको सफल टोली मानिन्छ ।

१२ औं संस्करण सकिँदा कोलकाताले दुई पटक उपाधि जितेको छ । कोलकाता ६ वर्षपछि तेस्रो उपाधि जित्ने रणनीतिका साथ तयारी गरि रहेको छ । कोलकाताले टोली सन्तुलन छ । कोलकाताले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । कोलकाताले दुवै पटक गौतम गम्भीरको कप्तानीमा विशाल लक्ष्य पूरा गर्दै उपाधि जितेको थियो ।

इतिहासमा कोलकाता

कोलकाता पहिलो संस्करणमा छैटौं र २००९ मा पुछारमा रहेर लिग चरणबाटै बाहिरिएको थियो । २०१० मा छैटौं स्थानमा लिग चरण अन्त्य गरेको कोलकाताले २०११ मा भने पहिलो पटक प्ले अफ सम्म पुगेको थियो । चौथो स्थानमा रहेर प्ले अफमा पुगेको कोलकाता एलिमिनेटरमा मुम्बई इन्डियन्ससँग चार विकेटले पराजित हुँदै बाहिरिएको थियो ।

सन् २०१२ मा लिग चरणमा दोस्रो स्थानमा रहँदै शीर्षक्रमको दिल्लीसँग क्वालिफायर खेलेको थियो । क्वालिफायरमा दिल्लीलाई १८ रनले हराउँदै पहिलो पटक फाइनलमा पुगेको थियो । फाइनलमा चेन्नईलाई पाँच विकेटले हराउँदै पहिलो पटक च्याम्पियन बनेको थियो । कोलकाताले १ सय ९१ रनको विशाल लक्ष्य दुई बल अगाडि पूरा गर्दै उपाधि जितेको थियो ।

सन् २०१३ मा भने कोलकाता लिग चरणमा खराब प्रर्दशन गर्दै सातौं स्थानमा रहेर बाहिरिएको थियो । सन् २०१४ मा कोलकाताले फाइनलमा किंग्स इलेभेन पञ्जावलाई तीन विकेटले पराजित गर्दै उपाधि जितेको थियो । कोलकाताले दुई सय रनको विशाल लक्ष्य तीन बल अगाडि पूरा गर्दै दोस्रो उपाधि जितेको थियो ।

सन् २०१५ मा पाँचौं र २०१६ मा चौथो स्थानमा रह्यो । २०१७ र २०१८ मा तेस्रो स्थानमा रहेर बाहिरिएको थियो । २०१७ मा क्वालिफायरमा मुम्बईसँग ६ विकेटले पराजित भएको थियो । सन् २०१८ मा सनराइजर्स हैदराबादसँग १८ रनले पराजित भएपछि तेस्रो पटक फाइनल पुग्दैं उपाधि जित्ने सपना अधुरै बन्दा गतवर्ष पाँचौ स्थानमा रहेर बाहिरिएको थियो ।

कोलकाताको पूर्ण खेल तालिका

कोलकाताले पहिलो खेल सेप्टेम्बर २३ मा मुम्बईविरुद्ध खेल्ने छ । मुम्बईसँग दोस्रो खेल अक्टोबर १६ मा खेल्ने छ । सेप्टेम्बर २६ मा हैदराबादसँग पहिलो र अक्टोबर १८ मा दोस्रो खेल खेल्ने छ । राजस्थान रोयल्ससँग सेप्टेम्बर ३० मा पहिलो र नोभेम्बर १ मा दोस्रो खेल खेल्ने छ । दिल्ली क्यापिटल्सँग अक्टोबर ३ मा पहिलो र अक्टोबर २४ मा दोस्रो खेल खेल्ने छ ।

अक्टोबर ७ मा चेन्नईसँग खेल्ने छ । चेन्नईसँगको दोस्रो खेल अक्टोबर २९ मा हुने छ । पञ्जावसँग अक्टोबर १० मा पहिलो र अक्टोबर २६ मा दोस्रो खेल खेल्ने छ । रोयल च्यालेन्जर्स बेंगलोरसँग अक्टोबर १२ र २१ मा खेल्ने छ ।

पहिलो रोजाईका सम्भावित चार विदेशी खेलाडी

वेस्टइन्डिजका अलराउन्डर सुनिल नारायण, आन्द्रे रसेल, इंग्ल्यान्डका कप्तान तथा बायाँ हाते ब्याट्सम्यान ओईन मोर्गन र अष्ट्रेलिया तीव्र गतिका बलर प्याट कमिन्स वा न्युजिल्यान्डका लोकी फर्गुसन मध्य एक पहिलो रोजाईमा पर्ने सम्भावना छ । नारायणले ओपनिङ गर्नुको साथै स्पिन बलिङ गर्ने छन् । आक्रामक रुपमा ब्याटिङ गर्ने नारायणलाई बलिङमा पिच सहयोगी हुँदा उच्च प्रर्दशन गर्न सक्छन् ।

उत्कृष्ट लयमा रहेका मोर्गनले मध्यमक्रम सम्हाल्ने छन् । आन्द्रे रसेल फिनिसर र मध्यगतिमा बलिङ गर्ने छन् । कमिन्स वा फर्गुसन मध्य एक प्रमुख बलरको रुपमा खेल्ने छन् । अष्ट्रेलिया स्पिनर क्रिस ग्रिन, इंग्ल्यान्डका युवा ब्याट्सम्यान टम ब्यान्टन र अमेरिका तीव्र गतिका बलर अलीको सम्भावना तुलनात्मक रुपमा कम छ ।

सन्तुलित टोली

कोलकातामा सन्तुलन छ । ओपनिङ नारायण र भारतीय युवा ब्याट्सम्यान शुभमन गिलले गर्ने बलियो सम्भावना छ । नारायणको जादु नचले ब्यान्टनले मौका पाउने छन् । आक्रामक ब्याट्सम्यान ब्यान्टन राम्रो लयमा छन् । तेस्रो नम्बरमा नितिश राणाको सम्भावना छ । चौथो नम्बरमा मोर्गनलाई गराउँदा पाँचौं नम्बरमा कप्तान दिनेश कार्तिकले गर्ने छन् । छैटौं नम्बरमा राहुल त्रिपाठीलाई मैदान उतार्न सक्छ ।

कोलकाताले फर्गुसन र कमिन्स मध्य एक खेलाडीलाई नियमित मौका दिने छ । भारतीय युवा तीव्र गतिका बलर कमलेश नगरकोटी, शिवम माभी, सन्दीप वारियर र प्रसिद्ध कृष्ण पनि उत्कृष्ट प्रर्दशन गर्दै भारतीय टोली सम्म पुग्न चाहान्छन् । कुलदीप यादव र वरुण चत्रबर्ती स्पिनरको रुपमा छन् । यी दुई जोडिले यूएईको पिचमा कमाल गर्न सक्छन् । एम सिदार्थ र क्रिस ग्रिन विकल्पका स्पिनर हुन् ।

सीमित ब्याट्सम्यान प्रमुख कमजोरी

कोलकातामा ब्याटिङ लाइनअपमा गहिराई र विकल्प भने छैन । ओपनिङ गिल र नारायण अथवा गिल र ब्यान्टन मध्य एकले गर्ने छन् । गिल चल्न नसकेको खण्डमा अर्को भारतीय राम्रो विकल्प छैन । नितेश, मोर्गन र कात्तिक प्रमुख ब्याटिङ हतियार हुन् । यी तीनलाई छाड्ने हो भने ठूलो इनिङ खेल्न सक्ने ब्याट्सम्यान कोलकातामा देखिदैन । तल्लोक्रममा रसेललाई ब्याटिङमा ठूलो इनिङको भार पर्ने हुँदा दबाबको कारण झनै खराब प्रर्दशन गर्ने सम्भावना रहन्छ ।

शीर्ष र मध्यक्रममा धेरै विकल्प छैन । फिनिसरमा रसेल र कार्तिक छन् । रसेलले मध्यगतिमा बलिङ गर्ने हुँदा चोटको सम्भावना त्यतिनै बढी हुन्छ । रसेल चोटिल भएमा कोलकाता ठूलो संकटमा पर्ने देखिन्छ । सीमित ब्याट्सम्यानमा निर्भर हुँदा तेस्रो पटक फाइनलमा पुग्दैं उपाधि जित्ने सपनामा बाधक बन्न सक्छ । प्रमुख ब्याट्सम्यान खराब लय भएमा पनि खेलानु पर्ने सम्मको बाध्यता देखिन्छ । जुन कोलकाताको प्रमुख कम्जोरी हो ।

नायक बन्न सक्ने दुई विदेशी खेलाडी

आन्द्रे रसेल : रसेल ब्याट र बल दुवैमा उच्च प्रर्दशन गर्दै जिताउन सक्ने क्षमता भएका अलराउन्डर हुन् । रसेल क्रिजमा हुँदा टोली र समर्थक दुबैले हार मान्दैनन् । रसेल असम्भव जितलाई सम्भव बनाउन सक्ने क्षमता भएका खेलाडी हुन् । कमजोर बल मात्र होईन शरीरिको पावर मार्फत छक्का प्रहार गर्ने क्षमता राख्छन् । गतवर्ष उत्कृष्ट प्रर्दशनका साथ मोष्ट भ्यालुवल खेलाडी चुनिएका थिए ।

ओईन मोर्गन : मोर्गन विश्व क्रिकेटमा आक्रामक ब्याटिङका लागि परिचित छन् । विश्व क्रिकेटमा इंग्ल्यान्डको ब्याटिङमा क्रान्तिकारी परिवर्तन ल्याएका मोर्गन मध्यक्रममा आक्रामक ब्याटिङ गर्दै ठूलो इनिङ खेल्छन् । मध्यक्रममा प्रया टोली स्पिनर बढी प्रयोग गर्दछन् । मोर्गन स्पिनरमाथि बढि हाबी हुने हुँदा उच्च प्रर्दशन गर्न सक्छन् । मोर्गन पछिल्लो समय राम्रो लयमा छन् । मोर्गन नियमित टोलीमा पर्दै उच्च प्रर्दशनका साथ फाइनल सम्मको यात्रा सहज बनाउन सक्छन् ।

हिरो बन्न सक्छन् नगरकोटी :

तीव्र गतिका बलरमा कोलकाताले नगरकोटी, माभी र कृष्ण मध्य एकलाई नियमित खेलाउने छ । जसमा नगरकोटीले नियमित स्थान बनाउन सक्छन् । १५० प्रति किलोमिटरको तीव्र गतिमा बलिङ गर्ने क्षमता भएको २० वर्षिय नगरकोटी यस अघिका दुबै संस्करण चोटका कारण गुमाएका थिए । यस सिजनमा नगरकोटी फिट छन् । भारतीय क्रिकेटका भविष्य नगरकोटी आइपिएलमा उच्च प्रर्दशन गर्दै कोलकाताको लागि हिरो बन्न सक्छन् ।

सम्भावित पहिलो रोजाईको प्लेइङ ११ : सुनिल नारायण, सुवमन गिल, नितेश राणा, ओईन मोर्गन, दिनेश कार्तिक, राहुल त्रिपाठी, आन्द्रे रसेल, कुलदीप यादव, वरुण चत्रवर्ती/प्रसिद्ध कृष्ण, कमलेश नगरकोटी र प्याट कमिन्स/लोकी फर्गुसन ।

कोलकाता पूर्ण टोली : सुभमन गिल, कमलेश नगरकोटी, शिवम माभी, वरुण चक्रबर्ती, एम सिदार्थ, सुनिल नारायण, अली खान, ओईन मोर्गन, आन्द्रे रसेल, दिनेश कार्तिक, सिद्धेश लाड, राहुल त्रिपाठी, प्याट कमिन्स, लोकी फर्गुसन, निखिल नैक, कुलदीप यादव, सन्दीप वारियर, नितेश राणा, रिंकु सिंह, क्रिस ग्रिन, टम ब्यान्टन र प्रसिद्ध कृष्ण ।

यो पनि : विदेशी खेलाडीमा निर्भर राजस्थान

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

Success

Thank you for your time.