5 years ago
September 16, 2020
एजेन्सी – अष्ट्रेलिया र इंग्ल्यान्डबीचको तीन ओडिआई सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार साँझ ५:४५ पछि म्यानचेस्टरमा सुरु हुनेछ ।

पहिलो खेलमा अष्ट्रेलिया १९ रनले विजयी हुँदा दोस्रो खेलमा २४ रनले पराजित भएको थियो । सिरिज १–१ को अवस्थामा छ । तेस्रो खेल जित्ने टोलीले ओडिआई सिरिज २–१ ले जित्नेछ । तीन खेलको टि२० सिरिज इंग्ल्यान्डले २–१ ले जितेको थियो ।
दुवै टोलीमा मध्यक्रमका ब्याट्सम्यानको प्रर्दशन कमजोर छ । दोस्रो खेलमा इंग्ल्यान्ड एक समय ४०.१ ओभरमा १४९–८ को कम्जोर अवस्थामा थियो । तर नवौं विकेटका लागि टम करन र आदिल राशिदले ७६ रनको उत्कृष्ट साझेदारी गर्दै २ सय ३१ रनको योगफलमा पुर्याएका थिए । उक्त लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलिया ३०.५ ओभरमा १४४–३ को बलियो अवस्थामा थियो । तर मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा अष्ट्रेलिया ४८.४ ओभरमा २ सय ७ रनमा अल आउट भएको थियो ।
प्रमुख ब्याट्सम्यान स्टिभ स्मिथले सुरुवाती दुई खेल अभ्यासको क्रममा टाउकोमा चोट लाग्दा गुमाएका थिए । स्मिथले तेस्रो खेल खेल्ने सम्भावना छ । स्मिथ तेस्रो खेलमा उपलब्ध भए मध्यक्रममा अष्ट्रेलियालाई राहत पुग्ने छ । स्मिथ फर्किए दोस्रो खेलमा ९ रन बनाएका मार्कस स्टोइनिस बेन्चमा बस्ने छन् । टि२० सिरिजमा पनि कम्जोर प्रर्दशन गरेका विकेटकिपर एलेक्स केरी पहिलो ओडिआई खेलमा १० र दोस्रोमा ३६ रनमा आउट भएका थिए । केरीको स्थानमा आज अष्ट्रेलियाले युवा ब्याट्सम्यान जोशुवा फिलिपेलाई डेब्यु मौका दिन सक्छ ।
यता इंग्ल्यान्डले जोनी बेयरस्टोको स्थानमा युवा ब्याट्सम्यान टम ब्यान्टनलाई मौका दिन सक्छ । बेयरस्टो दोस्रो खेलमा शून्यमा आउट भएका थिए । पहिलो र दोस्रो खेलमा ३–३ विकेट लिएका तीव्र गतिका बलर जोफ्रा आर्चर तेस्रो खेलमा पनि नायक बन्न सक्छन् । पहिलो खेलमा ४ र दोस्रोमा ३ विकेट लिएका अष्ट्रेलियाका स्पिनर एडम जाम्पा इंग्ल्यान्डलाई पून घातक बन्न सक्छन् ।
अष्ट्रेलियाका ओपनर डेविड वार्नर, कप्तान आरोन फिन्च र मार्नस लाबुसेनलाई ठूलो इनिङ खेल्न आवश्यक छ । यता इंग्ल्यान्डका ओपनर जेसन रोय, जो रुट र कप्तान ओईन मोर्गनलाई पनि तेस्रो ओडिआई जित्न ठूलो इनिङको आवश्यक देखिन्छ ।
जो रुटले आजको खेलमा ३८ रन बनाए ओडिआई करिअरको ६ हजार रन पूरा गर्ने छन् । आरोन फिन्चले २९ रन बनाएको खण्डमा ओडिआई करिअरको ५ हजार रन पूरा गर्ने छन् । ग्लेन म्याक्सवेलले तेस्रो खेलमा ४५ रन बनाए ओडिआईमा तीन हजार रन पूरा गर्ने छन् । यस खेलपछि अष्ट्रेलिया र इंग्ल्यान्डका खेलाडी इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न संयुक्त अरव इमिरेट्र्स (यूएई) जाने छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]