5 years ago
September 18, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं सिजन २०२० शनिवार देखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । सबै टोलीले आ–आफ्नो तयारी पूरा गरेका छन् ।

मुम्बई इन्डियन्स, चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद, राजथान रोयल्स र कोलकाता नाइट राइडर्स उपाधि सङ्ख्या बढाउने सोचमा छन् । दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स बेंगलोर र किंग्स इलेभेन पञ्जाब पहिलो उपाधि जित्दै इतिहास रच्ने सोचमा छन् । लगातार सफल भई राख्दा त्यसको प्रभाव समर्थक, शुभचिन्तक, लोकप्रियता र प्रायोजनमा समेत पर्छ । फ्रेन्चाइज टोलीलाई प्रायोजन निकै महत्वपूर्ण हुन्छ । सफल टोलीमाथि प्रायोजन गर्न प्रायोजक बढी आर्कषित हुँदा लगातर असफल भई राखेका टोलीमाथि कम रुचि देखाउछन् ।
आइपिएलमा सबैभन्दा बढी उपाधि जित्ने टोली मुम्बई इन्डियन्स हो । रोहित शर्मा कप्तान रहेको मुम्बईले चार पटक उपाधि जितेको छ । महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई सुपर किंग्सले तीन पटक उपाधि जितेको छ । कोलकाता नाइट राइडर्सले दुई, राजस्थान रोयल्स र सनराइजर्स हैदराबादले एक एक पटक उपाधि जितेका छन् । आइपिएल २०२० का फ्रेन्चाइज टोलीहरु मध्य नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स मात्र फाइनल सम्म पुग्न नसकेको टोली हो । समग्रमा आइपिएल २०२० का आठ मध्य चार असफल टोली यस प्रकार छन् ।
१. दिल्ली क्यापिटल्स

नेपाली लेगस्पिनर सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सले आइपिएल इतिहासमा फाइनल सम्मको यात्रा तय गर्न सकेको छैन । सुरुवाती संस्करण देखि नै लगातार सहभागिता जनाउँदै आएको दिल्ली समान दुई पटक सेमिफाइनल र प्लेअफ सम्म पुगेको छ । दिल्ली २००८ र २००९ मा सेमिफाइनलमा पुगेको थियो ।
सन् २०१२ मा दिल्ली तेस्रो स्थानमा रहेर बाहिरिएको थियो । सन् २०१९ मा दिल्ली क्वालिफायरमा चेन्नई सुपर किंग्सँग पराजित हुँदै पहिलो पटक फाइनलमा पुग्न पुनःअसफल भएको थियो । यी चार बाहेक अन्य आठ संस्करणमा भने दिल्ली खराब प्रर्दशनका साथ चरणबाटै बाहिरिदै आएको छ । २०१० मा पाँचौ र २०११ म दशौं स्थानमा रहेर बाहिरिएको थियो । २०१३ मा नवौं, २०१४ मा आठौं र २०१५ मा सातौं स्थानमा रहेर बाहिरिएको थियो । २०१६ र २०१७ मा समाना छैटौं तथा २०१८ मा आठौं स्थानमा रहेर बाहिरिएको थियो ।
२. किंग्स इलेभेन पञ्जाब

किंग्स इलेभेन पञ्जाब पनि आइपिएलको एक असफल टोली हो । पञ्जाब एक पटक फाइनलमा पुग्दा एक पटक सेमिफाइनल सम्म पुगेको छ । पञ्जाब पहिलो संस्करणमा सेमिफाइनल सम्म पुगेको थियो । सन् २०१४ मा पञ्जाब कोलकाता नाइट राइडर्ससँग तीन विकेटले पराजित भएको थियो । उक्त फाइनलमा पञ्जाबले १ सय ९९ रनको योगफल बचाउन नसक्दा उपाधि जित्न सकेको थियो । यी दुई सिजन बाहेक अन्य सबैमा पञ्जाब लिग चरणबाटै बाहिरिदै आएको छ ।
सन् २००८ को सेमिफाइनलमा पञ्जाब चेन्नई सुपर किंग्ससँग ९ विकेटले पराजित हुँदै बाहिरिएको थियो । सन् २००९ मा पाँचौं स्थानमा रहेर बाहिरिएको थियो । सन् २०१० मा पञ्जाब खराब प्रर्दशन गर्दै आठौं स्थानमा रहेर । सन् २०११ मा पाँचौं, २०१२ र २०१३ मा छैटौं स्थानमा रहेको थियो । २०१५ र २०१६ मा पञ्जाब खराब प्रर्दशन गर्दै पुछारमा रहेर बाहिरियो । २०१७ मा पाँचौ, २०१८ मा सातौं र २०१९ मा छैटौं स्थानमा रहेर लिग चरणबाट बाहिरिएको थियो ।
३. रोयल च्यालेन्जर्स बेंगलोर

विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बेंगलोर एक अर्को असफल टोली हो । बेंगलोर तीन पटक सम्म आइपिएलको उप विजेतामा सीमित हुँदै उपाधि विहिन छ । सन् २००८ मा बेंगलोर सातौं स्थानमा रहेर बाहिरिएको थियो । २००९ मा फाइनलमा डेक्कसन चार्जर्ससँग ६ रनले पराजित हुँदै च्याम्पियन बन्ने अवसर चुकाएको थियो ।
सन् २०१० मा बेंगलोर सेमिफाइनलबाट बाहिरिएको थियो । २०११ मा बेंगलोर चेन्नई सुपर किंग्ससँग फाइनलमा ५८ रनले पराजित हुँदै पुनः दोस्रो पटक च्याम्पियन बन्न सकेन । २०१२ र २०१३ मा समान पाँचौ स्थानमा रहेर बाहिरिएको थियो । सन् २०१४ मा सातौं र २०१५ मा तेस्रो स्थानमा रह्यो । सन् २०१६ मा बेंगलोर पुन: च्याम्पियन बन्ने अवसर गुमायो । बेंगलोर फाइनलमा सनराइजर्स हैदराबादसँग ८ रनको झिनो अन्तरले पराजित भएको थियो । सन् २०१७ मा आठौं, २०१८ छैटौं र २०१९ मा पुछारमा थियो ।
४. राजस्थान रोयल्स

राजस्थान रोयल्सले एक पटक उपाधि जितेको छ । अन्य कुनै पनि सिजनमा फाइनल सम्म पुग्न सकेको छैन । सन् २००८ को पहिलो संस्करणमा राजस्थानले चेन्नई सुपर किंग्सलाई फाइनलमा तीन विकेटले हराउँदै उपाधि जितेको थियो । सन् २००९ मा छैटौं, २०१०, २०११ र २०१२ को सिजनमा क्रमश सातौं, छैटौं र सातौं स्थानमा रहेर लिग अन्त्य गरेको थियो ।
सन् २०१३ मा भने राजस्थान क्वालिफायरमा मुम्बई इन्डियन्ससँग चार विकेटले पराजित हुँदै फाइनलमा पुग्न सकेन । २०१४ मा पाँचौं र २०१५ मा चौथो स्थानमा रह्यो । २०१६ र २०१७ मा भने प्रतिबन्धमा परेको थियो । २०१८ मा चौथो र २०१९ मा सातौं स्थानमा रहेर बाहिरिएको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]