default_image

3 years ago

September 19, 2020

अनुभवी खेलाडीमा निर्भर चेन्नई

एजेन्सी – चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) को सर्वाधिक सफल फ्रेन्चाइज टोली हो । आइपिएल इतिहासमा चेन्नई हालसम्म लिग चरणबाट नबाहिरिने एक्लो टोली पनि पर्दछ । महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नईले तीन पटक उपाधि जितेको छ । पाँच पटक फाइनलमा पराजित भएको छ । चेन्नईले खेलेका १० संस्करण मध्य दुई सिजनमा मात्र फाइनलमा […]

47 views

0 Bookmark

एजेन्सी – चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) को सर्वाधिक सफल फ्रेन्चाइज टोली हो । आइपिएल इतिहासमा चेन्नई हालसम्म लिग चरणबाट नबाहिरिने एक्लो टोली पनि पर्दछ ।

महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नईले तीन पटक उपाधि जितेको छ । पाँच पटक फाइनलमा पराजित भएको छ । चेन्नईले खेलेका १० संस्करण मध्य दुई सिजनमा मात्र फाइनलमा पुग्न सकेको छैन । अन्य सबै संस्करणमा फाइनल सम्म पुगेको छ । सुरुवात देखिनै धोनीले उत्कृष्ट कप्तानीका साथ सफलता दिलाउँदै आएका छन् ।

चेन्नईले उद्धघाटन खेलमा मुम्बई इन्डियन्ससँग शनिवार खेल्दै सुरुवात गर्ने छ । चेन्नई यस सिजनमा अलराउन्डर र अनुभवी खेलाडीमा बढि निर्भर छ । कागजी रुपमा केहि कमजोर देखिएपनि चेन्नईले लगातार उत्कृष्ट प्रर्दशन गर्दै फाइनलमा स्थान बनाउँदै आएको छ । यस पटक पनि चेन्नई त्यहिं यात्रालाई निरन्तरता दिन चाहन्छ ।

चेन्नईको इतिहास

चेन्नई पहिलो संस्करणमै फाइनलमा पुगेको थियो । चेन्नई फाइनलमा राजस्थानसँग तीन विकेटले पराजित भएको थियो । सन् २००९ मा चेन्नई सेमिफाइनलबाट बाहिरिएको थियो । सन् २०१० र २०११ मा चेन्नईले लगातार उपाधि जित्यो । सन् २०१० मा मुम्बई इन्डियन्सलाई २२ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको थियो । सन् २०११ मा चेन्नईले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५८ रनले पराजित गर्दै उपाधि जितेको थियो । सन् २०१२ को फाइनलमा चेन्नई कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो ।

सन् २०१३ मा मुम्बइले चेन्नईलाई २३ रनले हराउँदै उपाधि जितेको थियो । सन् २०१४ मा चेन्नई तेस्रो स्थानमा रहेर बाहिरिएको थियो । सन् २०१५ मा चेन्नई फाइनलमा मुम्बईसँग ४१ रनले पराजित भएको थियो । सन् २०१६ र २०१७ मा भने प्रतिबन्धमा परेको थियो । सन् २०१८ मा चेन्नईले फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक उपाधि जितेको थियो । गतवर्ष मुम्बईसँग फाइनलमा एक रनले पराजित भएको थियो ।

चेन्नईको खेल तालिका

चेन्नईले आइपिएलमा पहिलो खेल मुम्बईसँग शनिवार खेल्ने छ । मुम्बईसँग दोस्रो खेल अक्टोबर २३ मा खेल्ने छ । सेप्टेम्बर २२ र अक्टोबर १९ मा राजस्थानसँग खेल्ने छ । सेप्टेम्बर २५ र अक्टोबर १७ मा दिल्लीसँग खेल्ने छ । अक्टोबर २ र १३ मा हैदराबादसँग खेल्ने छ । अक्टोबर ४ र नोभेम्बर १ मा किंग्स इलेभेन पञ्जाबसँग खेल्ने छ । अक्टोबर ७ र २९ मा कोलकाता नाइट राइडर्सविरुद्ध खेल्ने छ । अक्टोबर १० र २५ मा बेंगलोरसँग खेल्ने छ ।

बलियो पक्ष

चेन्नईको बलियो पक्ष अलराउन्डरहरुको बाहुल्यता हो । चेन्नईमा शेन वाटसन, रविन्द्र जडेजा, साम करन, ड्वेन ब्राभो, केदार जाधव र मिचेल सान्टनार लगायतका अलराउन्डर छन् । चेन्नईलाई फाइनल सम्म पुग्न अलराउन्डरको प्रर्दशन निकै महत्वपूर्ण हुने छ ।

कमजोरी

चेन्नईको कमजोरी ब्याटिङ हो । मुरली विजय, शेन वाटसन, आम्बाती रायुडू, फाफ डु प्लेसिस र धोनी चेन्नईका ब्याट्सम्यान हुन् । फाफ डु प्लेसिस बाहेक अन्यले लामो समय देखि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । डु प्लेसिसको पछिल्लो समयको प्रर्दशन कमजोर छ । चेन्नईमा कुनैपनि प्रमुख ब्याट्सम्यान लगातार क्रिकेट खेलेका छैनन् । तल्लोक्रममा अलराउन्डर साम करन, ड्वने ब्राभो, मिचेल सान्टनार र केदार जाधव छन् । चेन्नईमा एक प्रमुख ब्याट्सम्यानले खराब प्रर्दशन गरेको खण्डमा अर्को विकल्प पनि छैन । जसले गर्दा ब्याटिङ कमजोर देखिन्छ ।

बलियो स्पिन आक्रमण

चेन्नईको स्पिन आक्रमण बलियो छ । चेन्नईमा इमरान ताहिर, रविश्रीनिवास शाई किशोर, पियुष चवला, रविन्द्र जडेजा, केदार जाधव र मिचेल सान्टनार लगायतका खेलाडी स्पिनरको रुपमा छन् । यूएईको पिच स्पिनर उपयोगी हुँदा त्यसको फाइदा चेन्नईले उठाउन सक्छ । चेन्नईका स्पिनर नचलेको खण्डमा जित कठिन देखिन्छ । इमरान ताहिरले यसै साता सम्पन्न सिपिएल मा गुयाना एमेजन वारियर्सबाट खेल्दै ११ खेलमा १५ विकेट लिदै उत्कृष्ट प्रर्दशन गरेका थिए ।

धोनीको उत्कृष्ट कप्तानी

धोनी आफ्नो उत्कृष्ट कप्तानीमा चेन्नईलाई फाइनल सम्म सहजै पुर्याउदै आएका छन् । धोनीले आइपिएल खेलेका १२ संस्करण मध्य ९ पटक फाइनल खेलेका छन् । आइपिएलका सर्वाधिक सफल कप्तान धोनीको ब्याटिङमा जादु चलेको खण्डमा भने चेन्नईले आफ्नो साखलाई निरन्तरता दिन सक्छ । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको कारण धोनी विना दबाब खेल्ने छन् । धोनीले एकवर्ष भन्दा बढी समय देखि क्रिकेट खेलेका छैनन् । त्यसैले धोनीको लय कस्तो छ भन्ने सक्ने अवस्था छैन । तर उनको उत्कृष्ट कप्तानीमा भने कुनै कमी नदेखिने आशा गरिएको छ ।

पहिलो रोजाईका सम्भावित चार विदेशी खेलाडी

चेन्नईले पहिलो रोजाईमा स्पिनर इमरान ताहिर, ओपनर शेन वाटसन, वेस्टइन्डिजका अलराउन्डर ड्वेन ब्राभो र दक्षिण अफ्रिका फाफ डु प्लेसिसलाई खेलाउने सम्भावना छ । ब्याटिङ कमजोर हुदा वाटसन र फाफ डु प्लेसिसले शीर्षक्रम सम्हाल्ने जिम्मेवारी पाउने छन् । वाटसनमाथि ब्याटिङको जिम्मेवारी भार बढी हुने छ ।

पछिल्लो समय कम्जोर प्रर्दशन गरेका डु प्लेसिसलाई लयमा फर्किएको प्रमाणित गर्ने अवसर छ । ताहिर सिपिएलमा उत्कृष्ट प्रर्दशनका साथ यूएई पुगेका छन् । यूएईको पिच बारे ताहिर राम्रो जानकार भएका खेलाडी हुन् । सिपिएलमा राम्रो प्रर्दशन गरेका ड्वेन ब्राभो डेर्थ ओभर स्पेलिष्ट बलर हुन् । तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् ।

नायक बन्न सक्ने दुई विदेशी खेलाडी

इमरान ताहिर : ताहिर चेन्नईका लागि यस सिजनमा पनि नायक बन्न सक्छन् । गतवर्ष २६ विकेटका साथ पर्पल क्याप जितेका ताहिरको लय उत्कृष्ट छ । सिपिएलमा उच्च मनोबलका साथ ताहिर यूएई पुगेका छन् । अर्कोतर्फ ताहिरलाई मैदानको वातावरण बारे राम्रोसँग जानकारी छ । जसको फाइदा उठाउँदै उत्कृष्ट प्रर्दशनका साथ चेन्नईलाई प्ले अफ सम्म पुर्याउन सक्छन् ।

साम करन : इंग्ल्यान्डका युवा अलराउन्डर साम करन चेन्नईका एक महत्वपूर्ण सदस्य हुन् । करनले ब्याट र बल दुबैबाट खेल जिताउन सक्ने क्षमता राख्छन् । बायाँ हाते करनले तीव्र गतिमा बलिङ गर्दा तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्ने गर्दछन् । चेन्नईको कमजोर ब्याटिङ लाइनअपलाई मजबुत बनाउन करनको प्रर्दशन निकै महत्वपूर्ण हुने छ । करनले इंग्ल्यान्डको टोलीबाट नियमित राम्रो प्रर्दशन गर्दै आएका छन् ।

अनुभवको फाइदा उठाउने अवसर

चेन्नईका अधिकांश खेलाडी उमेरले पाका छन् । धोनी, वाटसन, ब्राभो, जडेजा, चवला, केदार, आम्बाती, फाफ डु प्लेसिस र विजय लगायतका खेलाडी अनुभवी र पाका खेलाडी हुन् । जसको फाइदा चेन्नईले उठाउन सके फाइनल सम्मको यात्रा यस सिजनमा पनि सहजै गर्न सक्छ । क्रिकेटमा कागजी रुपमा भन्दापनि मैदानमा प्रर्दशन गर्नुपर्ने हुन्छ । जसले गर्दा अनुभवको सदुपयोग गर्न सक्नुपर्छ । दबाब, प्ले अफ र फाइनलमा अनुभवको धेरै महत्व हुने गर्दछ ।

चेन्नईको सम्भावित पहिलो रोजाईको प्लेइङ ११ : शेन वाटसन, महेन्द्रसिंह धोनी, फाफ डु प्लेसिस, आम्बाती रायुडू, मुरली विजय÷पियुष चवला, केदार जाधव, रविन्द्र जडेजा, इमरान ताहिर, शार्दुल ठाकुर, दीपक चहर, ड्वने ब्राभो ।

चेन्नईको पूर्ण टोली : रविश्रीनिवास साई किशोर, नारायण जगदेशन, रुतिराज गायकवाड, केएम आसिफ, रविन्द्र जडेजा, मुरली विजय, महेन्द्रसिंह धोनी, जोश हेजलवुड, केदार जाधव, करण शर्मा, पियुष चवला, आम्बाती रायुडू, इमरान ताहिर, दिपक चहर, फाफ डु प्लेसिस, शार्दुल ठाकुर, मिचेल सान्टनार, ड्वने ब्राभो, लुन्गी एनगिडी, साम करन, मनु कुमार र शेन वाटसन ।

अफिसियल टिम : : स्टीफन फ्लेमिंग (न्युजिल्यान्ड), ब्याटिङ प्रशिक्षक : माइकल हसी (अष्ट्रेलिया), बलिङ प्रशिक्षक : लक्ष्मीपति बालाजी (भारत)

March 19, 2024

पहिलो कप्तान नेरीले क्रिकेटबाट सन्न्यास लिइन्

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापाले अन्तर्राष्ट्रिय र घरेलु दुबै क्रिकेटबाट सन्न्यासको‌ घोषणा गरेकी छिन् । १७ वर्ष लामो क्रिकेट यात्रामा साथ दिने आफ्नो परिवारलाई विशेष धन्न्यावाद दिँदै नेरीले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत सन्न्यास लिएको घोषणा गेकी हन्। ‘म आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दैछु। क्रिकेट […]

March 18, 2024

कैलाली प्रिमियर लिग – शुक्लाफाँटाको जित

धनगढी (हाम्रो खेलकुद) – कैलाली प्रिमियर लिगमा शुक्लाफाँटा नगरपालिकाले विजयी सुरुवात गरेको छ । जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सोमबार फाप्ला मैदानमा सुरु भएको कैलाली प्रिमियर लिगमा शुक्लाफाँटाले पर्शुराम नगरपालिकालाई ३५ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको शुक्लाफाँटाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । टोलीका […]

March 15, 2024

जीतपुरसिमरा क्रिकेट कप सुरु हुँदै

सुनिल गाँउले, सिमरा प्रथम जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता शनिबारदेखि हुँदैछ । जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित सेज क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जीतपुरसिमरा क्रिकेट क्लब र पर्सा क्रिकेट संघ भिड्दैछन् । राउण्ड रोबिनका आधारमा संचालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । चैत १० गतेसम्म चल्ने प्रतियोगिताका ६ टोलीलाई दुई समूहमा विभाजन […]

Success

Thank you for your time.