5 years ago
September 26, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२० को आठौं खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । आबूधाबीमा भएको टसमा हैदराबादका कप्तान डेभिड वार्नरले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
हैदराबादले आज टोलीमा तीन परिवर्तन गरेको छ । रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध चोटिल अलराउन्डर मिचेल मार्शको स्थान अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबीले लिएका छन् । अलराउन्डर विजय शंकरको स्थानमा विकेटकिपर ब्याट्सयान रिद्धिमान शाहलाई उतारेको छ । त्यस्तै पहिलो खेलमा खराब प्रर्दशन गरेका सन्दीप शर्माको स्थानमा खलिल अहमदले मौका पाएका छन् ।
यता कोलकाताले टोलीमा दुई परिवर्तन गरेको छ । कमलेश्वर नगरकोटी र बरुण चक्रबतीलाई मौका दिएको छ । मुम्बईविरुद्ध खेलेका सन्दीप वारियर र निखिल नाइकको स्थानमा यी दुई खेलाडीलाई मौका दिएको हो । दुबै टोली जारी आइपिएलमा पहिलो जित निकाल्ने सोचमा छन् ।
पहिलो खेलमा हैदराबाद बेंगलोरसँग १० रनले पराजित भएको थियो । कोलकाताले मुम्बई इन्डिन्यसँग ४९ रनको हार बेहोरेको थियो । आइपिएलमा यी दुई टोलीबीच कुल १७ खेल भएको छ । जसमा कोलकाताले १० खेलमा विजयी हुँदा ७ खेलमा हार पराजित भएको छ ।
हैदराबादको प्लेइङ ११ – डेभिड वार्नर ९कप्तान०, जोनी बेयरस्टो, मनिष पान्डे, रिद्धिमान शाह, प्रियम गर्ग, अभिषेक शर्मा, मोहम्मद नाबी, राशिद खान, भुवनेश्वर कुमार, टि नटराजन र खलिल अहमद ।
कोलकाता प्लेइङ ११ – सुनिल नारायण, सुवमन गिल, नितेश राणा, ओईन मोर्गन, आन्द्रे रसेल, दिनेश कार्तिक ९विकेटकिपर तथा कप्तान०, कमलेश नगरकोटी, प्याट कमिन्स, कुलदीप यादव, बरुण चकबर्ती र शिवम माभी ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]