default_image

4 years ago

September 26, 2020

हैदराबादमाथि कोलकाताको उत्कृष्ट जित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को आठौं खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । यो कोलकाताको जारी आइपिएलमा पहिलो जित हो । हैदराबादको लगातार दोस्रो हार हो । जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले तीन विकेटको क्षतिमा १८ ओभरमा पुरा गर्यो । कोलकाताको जितमा […]

33 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को आठौं खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । यो कोलकाताको जारी आइपिएलमा पहिलो जित हो । हैदराबादको लगातार दोस्रो हार हो ।

जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले तीन विकेटको क्षतिमा १८ ओभरमा पुरा गर्यो । कोलकाताको जितमा युवा ब्याट्सम्यान तथा ओपनर सुवमन गिल ६२ बलमा ५ चौका र २ छक्का सहित ७० रनमा अविजित रहे । ओईन मोर्गन २९ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा अविजित रहे ।

चौथो विकेटका लागि गिल र मोर्गनले ९२ रनको अविजित साझेदारी गर्दै सहज जित दिलाए । सुनिल नारायण र दिनेश कात्र्तिक दुबै शून्यमा आउट भए । नितेश राणा २६ रनमा आउट भए । हैदराबादका टि नटराजन, राशिद खान र खलिल अहमदले एक एक विकेट लिए ।

त्यसअघि आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । हैदराबादका मनिष पान्डेले अर्ध शतकीय इनिङ खेल्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् ।

हैदराबादलाई ओपनर जोनी बेयरस्टो र डेभिड वार्नरले ४ ओभरमा २४ रनको साझेदारी गरेका थिए । चौथो ओभरको अन्तिम बलमा प्याट कमिन्सले बेयरस्टोलाई ५ रनमा बोल्ड आउट गरे । त्यसभन्दा अघिल्लो बलमा रिभ्यु लिदै बचेका बेयरस्टो कमिन्सको अफकटर बलमा बोल्ड आउट हुन पुगेका थिए ।

दशौं ओभरको पहिलो बलमा बरुण चक्रबर्तीले कप्तान तथा डेभिड वार्नरलाई ३६ रनमा कट एण्ड बोल्ड आउट गरे । वार्नरले ३० बलमा २ चौका र १ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि वार्नर र मनिस पान्डेले ३५ रनको साझेदारी गरेका थिए ।

आन्द्रे रसेलको १८ औं ओभरको चौथो बलमा फुलटस बलमा मनिष पान्डे ५१ रनमा क्याच आउट भएका थिए । रसेललेनै सहज क्याच लिनुअघि पान्डेले ३८ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

अन्तिम ओभरको दोस्रो बलमा दुई रन लिने क्रममा रिद्धिमान शाह ३१ बलमा १ चौका र १ छक्का सहित ३० रनमा रन आउट भए । मोहम्मद नाबी ८ बलमा २ चौका सहित ११ र अभिषेक शर्मा २ रनमा अविजित रहे ।

प्याट कमिन्सले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । बरुण चक्रबर्तीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । आन्द्रे रसेलले २ ओभरमा १६ रन खर्चेर एक विकेट लिए । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बेंगालोरसँग १० रनले पराजित भएको थियो । कोलकाता मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको थियो । हैदराबादले तेस्रँे खेल दिल्ली क्यापिटल्ससँग २९ सेप्टेम्बरमा खेल्ने छ । कोलकाताले ३० सेप्टेम्बरमा राजस्थान रोयल्सँग खेल्ने छ ।

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टी- मधेश र तालतला फाइनल भिड्ने

चितवन (हाम्रो खेलकुद)- मधेश प्रदेश र भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाता चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि‌ ट्वान्टी च्याम्पियनसिप क्रिकेटको‌ फाइनलमा भिड्ने भएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा शुक्रबार भारतको क्षेत्रीय टोली पिएसआरए ग्रुप लखनउलाई २ विकेटले पराजित गर्दै मधेश फाइनलमा पुगेको हो। जितको लागि लखनउले दिएको १ सय ४८ रनको लक्ष्य मधेशले १९.४ […]

March 29, 2024

लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टि२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो । यससँगै वल्भ्सले सिरिजमा १-० को अग्रता लिएको […]

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

Success

Thank you for your time.