5 years ago
September 27, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को नवौं खेलमा राजस्थान रोयल्सले किंग्स इलेभेन पन्जाबबिरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

शारजाह क्रिकेट स्टेडियममा टस मा राजस्थानका कप्तान स्टिभ स्मिथले पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । राजस्थानले टोलीमा आज दुई परिवर्तन गरेको छ । इंग्ल्यान्डका ओपनर जस बटलर खेल्ने भएका छन् । बटलर खेल्ने भएपछि डेभिड मिलरलाई बेन्चमा राखेको छ । त्यस्तै युवा ब्याट्सम्यान यशस्वी जैसवालको स्थानमा अंकित राजपूतलाई मौका दिएको छ ।
पन्जाबले टोलीमा आज कुनै परिवर्तन गरेको छैन । योसँगै आक्रामक ब्याट्सम्यान क्रिस गेल आजको खेलमा पनि बेन्चमै रहेका छन् । राजस्थान र पन्जाब लगातार दोस्रो जितको खोजिमा छन् । पहिलो खेलमा राजस्थानले चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गरेको थियो । पहिलो खेलमा दिल्लीसँग सुपर ओभरमा पराजित भएको पन्जाबले उत्कृष्ट पूनरागमन सहित रोयल च्यालेन्जर्स बेंगलोरलाई ९७ रनले हराएको गरेको थियो ।
आइपिएलमा यी दुई टोलीबीच कुल १९ खेल भएको छ । जसमा राजस्थान १० खेलमा विजयी हुँदा ९ खेलमा पराजित भएको थियो ।
पन्जाबको प्लेइङ ११ : लोकेश राहुल (कप्तान तथा विकेटकिपर), मंयक अग्रवाल, करुण नायर, शरफराज खान, ग्लेन म्याक्सवेल, निकोलस पूरन, मुरुगुन आश्विन , जेम्श निशम , रबि बिश्रोई, मोहम्मद शामी र शेल्डन कटरेल
राजस्थानको प्लेइङ ११ : रोबिन उथप्पा, अंकित राजपूत, सन्जु स्यामसन, स्टिभ स्मिथ, जस बटलर, रियान पराग, राहुल तेवतिया, टम करन, जोफ्रा आर्चर, श्रेयस गोपाल, जयदेव उनादकट
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]