5 years ago
September 27, 2020
एजेन्सी – ओपनर मयंक अग्रवालको शतकको सहयोगमा किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को नवौं खेलमा राजस्थान रोयल्सलाई २ सय २४ रनको विशाल लक्ष्य दिएको छ ।

शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २ सय २३ रन बनयो । पन्जाबलाई विशाल योगफलमा पुर्याउन ओपनर मयंक अग्रवालले शतक र कप्तान लोकेश राहुलले अर्ध शतकीय योगदान दिए । जारी सिजनको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि जारी सिजनमा राजस्थानले चेन्नई सुपर किग्सविरुद्ध २ सय १६ रन बनाएको थियो ।
अग्रवालले ५० बलमा १० चौका र ७ छक्का प्रहार गर्दै सर्वाधिक १ सय ६ रनको उत्कृष्ट शतकीय इनिङ खेले । अग्रवालले १५ औं ओभरको अन्तिम बलमा स्पिनर श्रेयस गोपाललाई चौका प्रहार गर्दै ४५ बलमा शतक पूरा गरेका थिए । अग्रवालको आइपिएलमा यो पहिलो शतक हो । अग्रवाललाई टम करनले सन्जु स्यामसनबाट क्यान गराउँदै उत्कृष्ट साझेदारी तोडेका थिए ।
ओपनर राहुल र अग्रवालले पहिलो विकेटको लागि १६.३ ओभरमा १ सय ८३ रनको साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए । कप्तान लोकेश राहुल ५४ बलमा ७ चौका र १ छक्का सहित ६९ रनमा क्याच आउट भए । यसअघि रोयल च्यालेन्जर्सविरुद्ध राहुलले १ सय ३२ रनको उत्कृष्ट इनिङ खेलेका थिए । राहुललाई १८ औं ओभरको अन्तिम बलमा अंकित राजपूतले गोपलाबाट क्याच आउट गराए ।
ग्लेन म्याक्सवेल ९ बलमा २ चौका सहित १३ रनमा अविजित रहे । निकोल पूरनले ८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २५ रनमा अविजित रहे ।
राजस्थानका टम करनले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । अंकित राजपूतले ४ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा ४६ रन खर्चेपनि विकेट लिन सकेनन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]