default_image

4 years ago

September 27, 2020

टेवाटियाको अविश्वसनीय प्रदर्शनमा राजस्थानको कीर्तिमानी जित

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कीर्तिमानी जित निकालेको छ । राहुल टेवाटियाको अविश्वसनीय ब्याटिङ प्रदर्शनमा आइतबार राती राजस्थानले किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गर्दै कीर्तिमान रचेको हो । जितका लागि २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । आइपिएल इतिहासमा कुनैपनि टोलीले […]

54 views

0 Bookmark

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कीर्तिमानी जित निकालेको छ । राहुल टेवाटियाको अविश्वसनीय ब्याटिङ प्रदर्शनमा आइतबार राती राजस्थानले किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गर्दै कीर्तिमान रचेको हो ।

जितका लागि २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । आइपिएल इतिहासमा कुनैपनि टोलीले सफलतापूर्वक पछ्याएको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि आइपिएलमा सर्वाधिक रन चेशको कीर्तिमान पनि राजस्थानकै नाममा थियो । राजस्थानले सन् २००८ को आइपिएलमा डेकन चार्जर्सविरुद्ध २ सय १५ रनको लक्ष्य पूरा गरेको थियो ।

राजस्थानको जितमा राहुल टेवाटिया ३१ बलमा ७ छक्का ५३ रनको महत्त्वपूर्ण योगदान दिए । सुरुवाती समय निकै सुस्त इनिङ खेलेको कारण आलोचना खेपेका राहुल अन्त्यमा जितको नायक बने ।

एक समय राजस्थानलाई जितका लागि ३० बलमा ८४ रन आवश्यक थियो । १८ औं ओभरमा राहुल तेवटियाले तीव्र गतिका बलर शेल्डन कटरेललाई एकै ओभरमा ५ छक्का सहित ३० रन जोडेपछि खेलले नयाँ मोड लिएको थियो । पाँचौ बलमा छक्का प्रहार गर्न चुकेपछि ६ बलमा ६ छक्का प्रहार गर्न चुकेका थिए । राजस्थानलाई अन्तिम १२ बलमा जितको लागि २१ रन आवश्यक परेको थियो ।

टेवाटियाले सुरुवाती १९ बलमा कुनै चौका छक्का प्रहार गर्न नसकी जम्मा ८ रन बनाएका थिए । उनले अन्तिम १२ बलमा ४५ रन जोड्दै कठिन बनेको जितलाई सम्भव बनाए ।

राजस्थानका सन्जु स्यामसनले सर्वाधिक ८५ रनको योगदान दिए । मोहम्मद शामीको १७ औं ओभरको पहिलो बलमा विकेटपिकर लोकेश राहुलबाट क्याच आउट हुनुअघि स्यामसनले ४२ बलमा ७ छक्का र ४ छक्का प्रहार गरे ।

तेस्रो ओभरको दोस्रो बलमा शेल्डन कटरेलले जस बटलरलाई ४ रनमा शरफराज खानबाट क्याच आउट गराए । जेम्श निशमको नवौं ओभरको अन्तिम बलमा मोहम्मद शमीबाट ५० रनमा क्याच आउट गराए । स्मिथले २७ बलमा ७ चौका र २ छक्का प्रहार गरे । जोफ्रा आर्चर ३ बलमा २ छक्का सहित १३ रनमा अविजित रहे । टम करनले पहिलो बलमा चौका प्रहार गर्दै जिताएका थिए ।

जेम्श निशमले ४ ओभरमा ४० रन खर्चेर १ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ५३ रन खर्चेर ३ विकेट लिए । शेल्डन कटरेलले ३ ओभरमा ५२ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २ सय २३ रन बनाएको थियो । पन्जाबलाई विशाल योगफलमा पुर्याउन ओपनर मयंक अग्रवालले शतक र कप्तान लोकेश राहुलले अर्ध शतकीय योगदान दिए । जारी सिजनको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि जारी सिजनमा राजस्थानले चेन्नई सुपर किग्सविरुद्ध २ सय १६ रन बनाएको थियो ।

अग्रवालले ५० बलमा १० चौका र ७ छक्का प्रहार गर्दै सर्वाधिक १ सय ६ रनको उत्कृष्ट शतकीय इनिङ खेले । अग्रवालले १५ औं ओभरको अन्तिम बलमा स्पिनर श्रेयस गोपाललाई चौका प्रहार गर्दै ४५ बलमा शतक पूरा गरेका थिए । अग्रवालको आइपिएलमा यो पहिलो शतक हो । अग्रवाललाई टम करनले सन्जु स्यामसनबाट क्यान गराउँदै उत्कृष्ट साझेदारी तोडेका थिए ।

ओपनर राहुल र अग्रवालले पहिलो विकेटको लागि १६.३ ओभरमा १ सय ८३ रनको साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए । कप्तान लोकेश राहुल ५४ बलमा ७ चौका र १ छक्का सहित ६९ रनमा क्याच आउट भए । यसअघि रोयल च्यालेन्जर्सविरुद्ध राहुलले १ सय ३२ रनको उत्कृष्ट इनिङ खेलेका थिए । राहुललाई १८ औं ओभरको अन्तिम बलमा अंकित राजपूतले गोपलाबाट क्याच आउट गराए ।

ग्लेन म्याक्सवेल ९ बलमा २ चौका सहित १३ रनमा अविजित रहे । निकोल पूरनले ८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २५ रनमा अविजित रहे ।

राजस्थानका टम करनले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । अंकित राजपूतले ४ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा ४६ रन खर्चेपनि विकेट लिन सकेनन् ।

पहिलो खेलमा पन्जाब दिल्लीसँग सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा पन्जाबले बेंगलोरलाई ९७ रनले हराएको थियो । पन्जाबले आफ्नो चौथो खेलमा अक्टोबर १ मा मुम्बई इन्डियन्ससँग खेल्ने छ । राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले हराएको थियो । तेस्रो खेलमा सेप्टेम्बर ३० मा कोलकाता नाइट राइडर्ससँग खेल्नेछ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.