5 years ago
December 14, 2020
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले अष्ट्रेलियामा सन् २०२२ मा हुने टि२० विश्वकपको लागि जारी गरेको छनोट प्रक्रिया अनुसार नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ ।

आइसीसीले सोमबार छनोट प्रक्रिया सार्वजनिक गर्दै नेपालसहित यूएई, सिंगापुर र जिम्बावेलाई सिधै ग्लोबल छनोटमा स्थान दिएको हो । फेब्रुअरी र मे २०२२ मा हुने ग्लोबल छनोटमा सफल भए नेपालले सन् २०२२ अक्टोबरमा हुने विश्वकपमा खेल्न पाउनेछ । ग्लोबल छनोटबाट कुल ४ टोलीले विश्वकपमा स्थान बनाउनेछन् । दुई समूहमा हुने ग्लोबल छनोटबाट २-२ टोली विश्वकपमा खेल्नेछन् ।
ग्लोबल छनोटमा कुल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । क्षेत्रीय छनोटबाट ८ टोली तथा सन् २०२१ को टि२० विश्वकप खेलेका विश्व वरियताको पुछारमा रहेका ४ टोलीले ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् । क्षेत्रीय छनोटमा अमेरिका र युरोपबाट २-२ टोली तथा अफ्रीका र पूर्वी एसियाबाट १-१ टोली छनोट हुनेछन् । एसिया छनोटको दुवै समूहबाट १-१ टोलीले ग्लोबल छनोटमा खेल्नेछन् ।
छनोट प्रक्रिया १३ महिना चल्नेछ र कुल २ सय २५ खेल हुनेछन् । नेपाल पछिल्लो पटक सिंगापुरमा भएको एसिया छनोट प्रतियोगितामा लज्जास्पद प्रदर्शन गर्दै बाहिरिएको थियो । यसपटक भने विश्व वरियतामा राम्रो स्थान भएपछि आइसीसीले नेपाललाई सिधै ग्लोबल छनोटमा स्थान दिएको हो ।
छनोटको रोडम्याप:

December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]