default_image

5 years ago

December 17, 2020

भारत टस जितेर ब्याटिङ गर्दै

137 views

0 Bookmark

एजेन्सी – भारत र अष्ट्रेलियाबीच बोर्डर-गावस्कर टेस्ट सिरिजको पहिलो टेस्टमा भारतले टस जितेर पहिलो ब्याटिङ गर्ने भएको छ ।

कप्तान विराट कोहलीले सिरिजको एक मात्र खेल खेल्दैछन् । उनले यस खेलका लागि ओपनरमा पृथ्वी शा र विकेटकीपरमा ऋद्धिमान शाहलाई मौका दिएका छन् । ओपनरका रुपमा शुभमन गिल र विकेटकिपरमा ऋषभ पन्तको सम्भावना रहेको थियो । त्यस्तै भारतले तीन तीव्र गतिका बलरसँगै रवीचन्द्रन आश्विनलाई उतारेको छ ।

एडिलेड ओभलमा अष्ट्रेलियाले चोटको समस्याका कारण ओपनरका रुपमा म्याथ्यु वेडलाई उतारेको छ । डेविड वार्नर र विल पुकोव्सकी दुवै चोटका कारण उपलब्ध छैनन् । त्यस्तै मध्यक्रममा अलराउन्डर क्यामरन ग्रीनले डेब्यु गर्दैछन् । ट्राभिस हेडले पनि मध्यक्रममा ब्याटिङ गर्नेछन् ।

टेस्ट खेल्ने ११ खेलाडी :

भारत : पृथ्वी शा, मयंक अग्रवाल, चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्या रहाने, हनुमा विहारी, ऋद्धिमान शाह, रवीचन्द्रन आश्विन, उमेश यादव, मोहमद शामी, जसप्रित बुमराह

अष्ट्रेलिया : जो बर्न्स, म्याथ्यु वेड, मार्नस लाबूसेन, स्टिभ स्मिथ, ट्राभिस हेड, क्यामरन ग्रिन, टिम पेन, प्याट कमिन्स, मिचेल स्टार्क, नाथन लायन, जोश हेजलवुड

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.