default_image

5 years ago

December 17, 2020

क्यानको म्यानेजरमा दास नियुक्त

171 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा यू१९ टोलीका प्रशिक्षक विनोद दास नेपाल क्रिकेट संघ (क्यान) को क्रिकेट म्यानेजर पदमा नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले विहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै जनवरी एक काम गर्ने गरि दासलाई म्यानेजरमा नियुक्त गरेको जनाएको छ । त्यस्तै क्यानले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा विश्वकप विजेता प्रशिक्षक डेभ ह्वाटमोरलाई नियुक्त गरेको जनाएको छ ।

क्यानले जनरल म्यानेजरमा रौनक बहादुर मल्ल र चिफ फाइनन्स अफिसरमा रमेश कुमार न्यौपानेलाई नियुक्त गरेको जनाएको छ । म्यानेजरमा पूर्व कप्तान विनोद दासमात्रै अन्तर्वार्ताको लागि योग्य रहेका थिए ।

क्रिकेट म्यानेजरमा ५ जनाले मात्र आवेदन दिएका थिए । क्यानले मागेको योग्यता पुगेका एक्ला दाबेदार दास मात्रै अन्तरवार्तामा सहभागी थिए । क्यानले म्यानेजरका लागि कम्तिमा इंग्ल्यान्ड क्रिकेट बोर्ड वा क्रिकेट अष्ट्रेलियाबाट लेभल टु कोचिङ गरेको हुनु पर्ने, म्यानेजमेन्टमा वा प्रसासनमा मास्टर डिग्रि विश्वविद्यालयबाट गरेको हुनुपर्ने, कम्तिमा दुई वर्ष नेतृत्व (लिडरसिप) गरेको हुनुपर्ने र ५५ वर्ष नकाटेको नेपाली नागरिक हुनुपर्ने माग राखेको थियो । म्यानेजरमा पाँच जनाको आवेदन पर्दा अन्य चार जना क्यानले तोकेको योग्यतामा नहुँदा सुरुवाती चरणबाटै बाहिरिएका थिए ।

विनोद दास नेपालका लागि सफल कप्तान मध्यमा हेरिन्छन् । सन् १९९७ देखि यू१९ टोलीबाट नेपाली क्रिकेट टोलीको यात्रा गरेका दासले सन् २००० मा राष्ट्रिय टोलीमा संयुक्त अरव इमिरेट्स (यूएई) विरुद्ध डेब्यू गरेका थिए । २००५ देखि २००८ सम्म राष्ट्रिय टोलीको कप्तानी गरेका थिए । सन् २०१२ सम्म राष्ट्रिय टोलीमा खेलेका थिए ।

पछिल्लो चार वर्षयता विनोद यू१९ को मुख्य प्रशिक्षकमा काम गर्दै आएका छन् । उनको प्रशिक्षकमा नेपालले सन् २०१७ मा यू१९ एसिया कपमा भारतलाई पहिलो पटक हराएको थियो । सन् २०१९ मा राष्ट्रिय महिला टोलीको प्रशिक्षकको रुपमा काम गरेका थिए । पछिल्लो समय राष्ट्रिय टोलीमा युवा खेलाडीको बाहुल्यता देखिनुमा पनि विनोद दासको प्रशिक्षणको प्रभाव मानिन्छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.