5 years ago
December 17, 2020
दाङ (हाम्रो खेलकुद) – प्यूठानविरुद्धको तीन टि२० आई खेलको सिरिज घरेलु टोली दाङले क्लिनस्विप गरेको छ ।

प्यूठानले बुधबार दुबै खेलमा सिनियर टोलीसँग फराकिलो हार बेहोरेको थियो । अन्तिम खेलमा बिहिबार दाङ ए विरुद्ध पनि ७६ रनले पराजित हुँदै प्यूठान क्लिनस्विप भएको हो । बिहिबार अन्तिम खेलमा घोराहीको गुलरिया क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको दाङ ए ले २५ ओभरमा ५ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । ओपनर विराटले ३८, आशिषले ३४, सन्देश २१ र युवराजले १९ रनको योगदान दिए । प्यूठानले ३८ रन एक्स्ट्रा दिएको थियो ।
प्यूठानका भुपेन्द्र जि.सीले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । सुरेश, अनिल र विशाले एक एक विकेट लिए । १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको प्यूठान २२ ओभरमा ९९ रनमा अल आउट भएको थियो । प्यूठानका विशाल पुनले २३, विशाल केसी १५, राकेश पुनले १० रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
बुधबार प्यूठानले दाङको सिनियर टोलीसँग दुई टि२० खेल खेलेको थियो । दुबै खेलमा दाङले फराकिलो अन्तरले विजयी भएको थियो । पहिलो खेलमा प्यूठान एक सय रन र दोस्रोमा १ सय ३९ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

दोस्रो खेलमा पहिला ब्याटिङ गरेको दाङले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । दाङका ओपनर सुशान्त सिंह थापा ९४ रनमा अविजित रहे । कप्तान राजवीर सिंहले १३, सुजन पुनले २६ र बिनायक डागीले २२ रनको योगदान दिए । भुपेन्द्र जिसीले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । स्पिनर उमेश पुनको नाममा एक विकेट रह्यो । अन्य बलरको प्रर्दशन खराब रह्यो ।
१ सय ८९ रनको फराकिलो विजयी लक्ष्य पछ्याएको प्यूठान १५ ओभरमा ४९ रनमा अल आउट भएको थियो । प्यूठानका भुपेन्द्र जिसीले १९ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । दाङका सन्देश पान्डेले ३, कमल वली र तुलराम मगरले २–२ विकेट लिए । अमित तामाङ, युवराज सुवेदी र राजवीर सिंहको नाममा १–१ विकेट रह्यो ।
दाङले आगमी प्रधानमन्त्री कप अन्तर्गत प्रदेश छनोट खेल्ने अवसर खुल्ला गर्दै तीन सिरिज खेल्ने अवसर मिलाएको थियो । दाङविरुद्धको तीन खेलको सिरिजमा उत्कृष्ट प्रर्दशन गर्न सके प्यूठानका खेलाडीलाई प्रदेश छनोट खेल्ने अवसर थियो । नेपाल क्रिकेट संघ (क्यान) को प्यूठान सदस्य टोली नहुँदा सिधैं प्रदेश छनोट भने खेल्न पाउँदैन । संघ नभएको जिल्लाले छिमेकी जिल्लाबाट प्रदेश छनोट खेल्ने अवसर पाउछन् । प्यूठानले त्यसै अवसरको लागि दाङ जिल्ला क्रिकेट संघको विशेष सहयोगमा तीन सिरिज खेलेको थियो ।
बुधबार प्यूठानका खेलाडीलाई दाङ क्रिकेट संघ अध्यक्ष प्रदीप मजगैया, सचिव सञ्जु क्षेत्री र घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले स्वागत गरेका थिए । तीन खेलको सिरिजपछि सञ्जुले प्यूठानले राम्रो खेलेको बताएका थिए ।
टोलीका खेलाडीमा आत्माविश्वास राम्रो देखिएको र यस सिरिजले आगमी दिनमा खेलाडीमा धेरै सुधार हुने बताएका थिए । अध्यक्ष प्रदीपले आफूले सोचे भन्दा प्यूठानले राम्रो खेलेको बताएका थिए । तर पहिलो पटक ड्युज बल खेलेको कारण ब्याटिङ र फिल्डिङ भने कमजोर देखिनुको कारण बताएका थिए । तर यस सिरिजको प्रर्दशनले भने प्यूठानको राम्रो सम्भावना देखिएको बताएका थिए । अव जिल्लामा पनि ड्युज बलले खेल्न सुरुवात गरे प्यूठानले छिट्टै क्रिकेटमा ठूलो फड्को मार्ने बताएका थिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]