5 years ago
December 18, 2020
एजेन्सी – अष्ट्रेलियाविरुद्ध पहिलो टेष्ट खेलमा दोस्रो दिनको समाप्तिमा भारतले सामान्य अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा भारतले दोस्रो इनिङमा ६२ रनको अग्रता लिएको छ ।

भारत दोस्रो दिनको समाप्तिमा ६ ओभरमा ९–१ को अवस्थामा छ । भारतका ओपनर मयंक अग्रवाल ५ रनमा अविजित छन् । अग्रवाललाई जस्प्रित बुमराहले साथ दिने छन् । दोस्रो इनिङमा पनि ओपनर पृथ्वी शा चल्न सकेनन् । चौथो ओभरको पहिलो बलमा प्याट कमिन्सले शा लाई ४ रनमा बोल्ड आउट गरे ।
त्यसअघि पहिलो इनिङमा अष्ट्रेलिया ७२.१ ओभरमा १ सय ९१ रनमा अल आउट हुँदै ५३ रनले पछि परेको थियो । कप्तान टिम पेईन ९९ बलमा १० चौका सहित ७३ रनमा अविजित रहे । पेईनलाई अन्य ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन् ।
अष्ट्रेलियाले सुरुवात संघर्षपूर्ण गरेको थियो । १५ औं ओभरको पहिलो बलमा जस्प्रित बुमराहले म्याथ्यु वेडलाई ८ रनमा एलबिडब्लू आउट गर्दै कुल १६ रन मात्रै जोडेको थियो । बुमराहले अर्का ओपनर जो बन्र्सलाई ८ रनमा एलबिडब्लू आउट गरेका थिए । प्रमुख ब्याट्सम्यान स्टिभ स्मिथलाई स्पिनर रविचन्द्रन आश्विनले अजिक्या रहानेबाट एक रनमा क्याच आउट गरेपछि अष्ट्रेलिया समस्यामा परेको थियो ।

ट्रविस हेडलाई ७ र डेब्यू खेल खेलेका क्यामरन ग्रिनलाई रविचन्द्रन आश्विनले ११ रनमा आउट गरेपछि घरेलु टोली अष्ट्रेलिया संकटमा परेको थियो । मार्नस लाबुसेनलाई उमेश यादवले ४७ रनमा एलबिडब्लू आउट गरे । लाबुसेनले १ सय ७१ बलमा ७ चौका प्रहार गरे । प्याट कमिन्स शून्य, मिचेल स्टार्क १५, नाथन लायन १० र जोश हेजलवुड ८ रनमा आउट भए । भारतका स्पिनर रविचन्द्रन आश्विनले सर्वाधिक ४ विकेट लिए । उमेश यादवले ३ र जस्प्रित बुमराहले २ विकेट लिए ।
त्यसअघि एडिलेड ओभलमा टस जितेर ब्याटिङ थालेको भारत ९३.१ ओभरमा २ सय ४४ रनमा अल आउट भएको थियो । ओपनर पृथ्वी शालाई पहिलो ओभरको दोस्रो बलमा तीव्र गतिका बलर मिचेल स्टार्कले शून्यमा बोल्ड आउट गरे । दोस्रो विकेटका लागि मयंक अग्रवाल र चेतेश्वर पुजाराले १ सय ८ बलमा ३२ रनको साझेदारी गरे । १९ औं ओभरको पहिलो बलमा प्याट कमिन्सले अग्रवाललाई १७ रनमा बोल्ड आउट गर्दै अष्ट्रेलियालाई दोस्रो सफलता दिलाए । अग्रवालले ४० बलमा २ चौका प्रहार गरे ।
तेस्रो विकेटका लागि पुजारा र कोहलीले १ सय ९१ बलमा ६८ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए । यी दुई बीचको साझेदारी ५० औं ओभरमा स्पिनर नाथन लायनले मार्नस लाबुसेनबाट पुजारालाई ४३ रनमा क्याच गराउँदै तोडेका थिए । पुजाराले १ सय ६० बलमा २ चौका प्रहार गरे ।
७७ औं ओभरमा कप्तान विराट कोहली ७४ रनमा रन आउट हुन पुगे । कोहलीले १ सय ८० बलमा ८ चौका प्रहार गरे । पहिलो दिनको अन्तिम समयतिर स्टार्कले रहाणेलाई ४२ रनमा एलबिडब्लू आउट गरे । रहाणले ९२ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
चौथो विकेटका लागि कोहली र रहाणेले ८८ रनको साझेदारी गर्दै इनिङ सम्हाल्लेका थिए । हनुमा विहारी १६, ऋद्धिमान शाह ९, रविचन्द्रन आश्विन १५ र उमेश यादव ६ रनमा आउट भए । अष्ट्रेलिया मिचेल स्टार्कले ४, प्याट कमिन्सले ३ , नाथन लायन र जोश हेजलवुडले १-१ विकेट लिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]