5 years ago
December 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेश छनोटमा कास्कीले विजयी सुरुवात गरेको छ ।

कास्कीले स्याङ्जालाई ७ विकेटले हराउँदै गण्डकी प्रदेश छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको हो । पोखरा रंगशाला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको स्याङ्जा ३८.५ ओभरमा १ सय १९ रनमा अल आउट भएको थियो । स्याङ्जाका विष्णु पान्डेले सर्वाधिक ४१ रनको योगदान दिन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । कास्कीका विश्व कार्की र सुवास भण्डारीले ३–३ विकेट लिए ।
१ सय २० रनको विजयी लक्ष्य कास्कीले २८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कास्कीका अविषेक थापा ४३ र सुधिर पौडेल २१ रनमा अविजित रहे । अर्जुन कुमाल २२ र दीपेश खत्री ८ रनमा आउट भए । स्याङ्जा सुरज गुरुङले सर्वाधिक २ विकेट लिए । प्रतियोगिता उद्धघाटन पोखरा क्रिकेट रंगशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमाल सिलवालले गरेका थिए । गण्डकी प्रदेश छनोटमा कास्की, स्याङ्जा, तनहु र नवलपुरबीच प्रतिस्पर्धा हुने छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]