default_image

5 years ago

December 19, 2020

पारसलाई नयाँ भूमिका

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले टि टेन लिगमा टिम आबूधाबीले आफूलाई दिएको नयाँ भूमिकाले उत्साहित रहेको बताएका छन्

गतवर्ष टिम आबूधाबीबाट खेलाडीको रुपमा खेलेका पारसलाई यस पटक इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा नियुक्त गरेको छ । पारसले अव उदयमान युवा प्रतिभा खेलाडीलाई टि टेनमा खेल्ने अवसर समेत प्रदान गर्नेछन् । यस नेपाली क्रिकेटका युवा खेलाडीले मौका पाउने सम्भावना बढी रहन्छ ।

‘टिम आबूधाबीले मलाई दिएको नयाँ भूमिका निर्वाह गर्न म उत्साहित छु । नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा वृद्धि हुने माध्यम बन्नेमा आशा छ । टिम आबूधाबीमा हाम्रा क्रिकेटरहरुलाई थप अवसर मिल्ने छ’, पारसले सामाजिक सञ्जालमा खुसी ब्यक्त गर्दै भनेका छन् । टि टेन लिग आगमी जनवरी २८ देखि फेब्रुअरी ६ सम्म चल्ने छ ।

गतवर्ष टि टेनमा पारसको प्रर्दशन

पारसले लिग अवधिभर ३ खेल खेल्न पाएका थिए । जसमा २ खेलमा ब्याटिङ र १ खेलमा बलिङ गरेका थिए । २ खेलमा ४ बलको सामना गर्दा ४ रन जोडे । अन्त्यमा मौका पाएका पारस दुवै खेलमा नटआउट रहेका थिए । पहिलो खेलमै टिम आबुधाबीले कलन्दर्सविरुद्ध पारसलाई मैदान उतारेको थियो ।

अन्तिममा पारसले ३ बलमा ३ रन जोडे । दोस्रो खेलमा पनि टिम आबुधाबीले नर्थन वारिसयर्सविरुद्ध पहिलो रोजाईमा उतारेको थियो। जसमा अन्तिममा १ बलमा १ रनमा अविजित रहे । बलिङमा २ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । पारस खेलेको तीनै खेलमा टिम आबुधाबी पराजित भएन । पारस नखेलेको तीनै खेलमा टिम आबुधाबीले जित निकाल्न सकेको थिएन ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.