default_image

5 years ago

December 19, 2020

भारत ३६ रनमा अल आउट

188 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर जोश हेजलवुड र प्याट कमिन्सको उत्कृष्ट बलिङसँगै अष्ट्रेलियाविरुद्ध पहिलो टेष्ट खेलमा भारत दोस्रो इनिङमा ३६ रनमा अल आउट भएको छ । पहिलो इनिङमा ५३ रनले पछि परेको अष्ट्रेलियाले जितका लागि समग्रमा ९० रनको सामान्य लक्ष्य पाएको छ ।

दोस्रो इनिङमा लज्जास्पद प्रर्दशन गरेको भारतका कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । तेस्रो दिन भारत दोस्रो इनिङमा २१.२ ओभरमा ३६ रनमा अल आउट भयो । तेस्रो दिन ६ ओभरमा ९–१ को अवस्थाबाट सुरुवात गरेको भारतलाई सस्तैमा रोक्न अष्ट्रेलिया प्याट कमिन्स र जोश हेजलवुडले उत्कृष्ट बलिङ गरे ।

तेस्रो दिन आठौं ओभरको अन्तिम बलमा प्याट कमिन्सले जस्प्रित बुमराहलाई २ रनमा क्याच आउट गराए । कमिन्सलेनै चेतेश्वर पुजारालाई विकेटकिपर टिम पेइनबाट शून्यमा क्याच आउट गराए । १३ औं ओभरको पहिलो बलमा ओपनर मयंक अग्रवाललाई हेजलवुडले ९ रनमा पेइनबाट क्याच गराउँदै भारतलाई दयनीय अवस्थामा पुर्याएका थिए ।

चार बलपछि अजिक्या रहाने पेईनबाटै शून्यमै क्याच आउट हुन पुगे । १४ औ ओभरको चौथो बलमा कप्तान विराट कोहली कमिन्सको बलमा क्यामरन ग्रिनबाट ४ रनमा क्याच आउट हुँदा भारत १९–६ को संकट अवस्थामा पुगेको थियो ।

विराट आउट भएसँगै भारत सस्तैमा समेटिने अनुमान गरिएको थियो । हेजलवुडले ऋद्धिमान शाहलाई ४ र रविचन्द्रन आश्विनलाई शून्यमा क्याच आउट गरेपछि भारत दोस्रो इनिङमा लज्जास्पद अवस्थामा पुगेको थियो ।

हेजलवुडले हनुमा विहारीलाई शून्यमा क्याच गराउँदै आफ्नो पाँच विकेट पूरा गरे । मोहम्मद शामी १ रनमा रिटायर्ट हट हुन पुगे । प्याट कमिन्सले १०.२ ओभरमा ४ मेडन राख्दै २१ रन खर्चेर ४ विकेट लिए । जोश हेजलवुडले ५ ओभरमा ३ मेडन राख्दै ८ रन खर्चेर ५ विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा अष्ट्रेलिया ७२.१ ओभरमा १ सय ९१ रनमा अल आउट हुँदै ५३ रनले पछि परेको थियो । कप्तान टिम पेईन ९९ बलमा १० चौका सहित ७३ रनमा अविजित रहे । अष्ट्रेलियाले सुरुवात संघर्षपूर्ण गरेको थियो ।

१५ औं ओभरको पहिलो बलमा जस्प्रित बुमराहले म्याथ्यु वेडलाई ८ रनमा एलबिडब्लू आउट गर्दै कुल १६ रन मात्रै जोडेको थियो । बुमराहले अर्का ओपनर जो बन्र्सलाई ८ रनमा एलबिडब्लू आउट गरेका थिए ।

प्रमुख ब्याट्सम्यान स्टिभ स्मिथलाई स्पिनर रविचन्द्रन आश्विनले अजिक्या रहानेबाट एक रनमा क्याच आउट गरेपछि अष्ट्रेलिया समस्यामा परेको थियो । ट्रविस हेडलाई ७ र डेब्यू खेल खेलेका क्यामरन ग्रिनलाई रविचन्द्रन आश्विनले ११ रनमा आउट गरेपछि घरेलु टोली अष्ट्रेलिया संकटमा परेको थियो ।

मार्नस लाबुसेनलाई उमेश यादवले ४७ रनमा एलबिडब्लू आउट गरे । लाबुसेनले १ सय ७१ बलमा ७ चौका प्रहार गरे । प्याट कमिन्स शून्य, मिचेल स्टार्क १५, नाथन लायन १० र जोश हेजलवुड ८ रनमा आउट भए । भारतका स्पिनर रविचन्द्रन आश्विनले सर्वाधिक ४ विकेट लिए । उमेश यादवले ३ र जस्प्रित बुमराहले २ विकेट लिए ।

त्यसअघि एडिलेड ओभलमा टस जितेर ब्याटिङ थालेको भारत ९३।१ ओभरमा २ सय ४४ रनमा अल आउट भएको थियो । ओपनर पृथ्वी शालाई पहिलो ओभरको दोस्रो बलमा तीव्र गतिका बलर मिचेल स्टार्कले शून्यमा बोल्ड आउट गरे ।

दोस्रो विकेटका लागि मयंक अग्रवाल र चेतेश्वर पुजाराले १ सय ८ बलमा ३२ रनको साझेदारी गरे । १९ औं ओभरको पहिलो बलमा प्याट कमिन्सले अग्रवाललाई १७ रनमा बोल्ड आउट गर्दै अष्ट्रेलियालाई दोस्रो सफलता दिलाए । अग्रवालले ४० बलमा २ चौका प्रहार गरे ।

तेस्रो विकेटका लागि पुजारा र कोहलीले १ सय ९१ बलमा ६८ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए । यी दुई बीचको साझेदारी ५० औं ओभरमा स्पिनर नाथन लायनले मार्नस लाबुसेनबाट पुजारालाई ४३ रनमा क्याच गराउँदै तोडेका थिए । पुजाराले १ सय ६० बलमा २ चौका प्रहार गरे ।

७७ औं ओभरमा कप्तान विराट कोहली ७४ रनमा रन आउट हुन पुगे । कोहलीले १ सय ८० बलमा ८ चौका प्रहार गरे । पहिलो दिनको अन्तिम समयतिर स्टार्कले रहाणेलाई ४२ रनमा एलबिडब्लू आउट गरे । रहाणले ९२ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

चौथो विकेटका लागि कोहली र रहाणेले ८८ रनको साझेदारी गर्दै इनिङ सम्हाल्लेका थिए । हनुमा विहारी १६, ऋद्धिमान शाह ९, रविचन्द्रन आश्विन १५ र उमेश यादव ६ रनमा आउट भए । अष्ट्रेलिया मिचेल स्टार्कले ४, प्याट कमिन्सले ३ , नाथन लायन र जोश हेजलवुडले १-१ विकेट लिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.