5 years ago
December 20, 2020
काठमाडौं (हाम्रोखेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश छनोटमा आइतबार नवलपुरले तनहुँलाई हराएको छ ।

पोखरा क्रिकेट रंगशालामा भएको खेलमा नवलपुरले तनहुँलाई ३७ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको नवलपुर ४४.१ ओभरमा १ सय ६८ रनमा अल आउट भएको थियो । ओपनर सनम बुढाथोकी २३, प्रतिस ढकाल १०, राहुल शर्मा १२, मन्जिल न्यौपाने ३५, सन्देश बस्नेत २०, दीपक डुम्रे १३ र कमल परियारले २१ रनको योगदान दिए । तनहुँका राजु गुरुङ, सुशिल गिरी र करुणले २–२ विकेट लिए ।
जितका लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको तनहुँ ४६ ओभरमा १ सय ३१ रनमा अल आउट भएको थियो । तनहुँको लागि समिर कंडेलले ९३ बलमा ८ चौका र १ छक्का सहित ६७ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् ।
त्यस्तै प्रवेश खड्काले १७ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । नवलपुरका विज्ञान न्यौपानेले सर्वाधिक ३ विकेट लिए । राहुल शर्माले २ विकेट लिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]