5 years ago
December 20, 2020
एजेन्सी – अष्ट्रेलिया भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीलाई ठूलो झट्का लागेको छ । तीव्र गतिका बलर मोहम्मद शामीले अष्ट्रेलियाविरुद्ध बाँकी टेष्ट सिरिज गुमाउने भएका छन् ।

पहिलो टेष्ट खेलमा भारत अष्ट्रेलियासँग ८ विकेटले पराजित भएको थियो । भारतले अष्ट्रेलियासँग चार टेष्ट खेलको सिरिजमा तीन टेष्ट खेल्न बाँकी छ । शामी अष्ट्रेलियासँगको पहिलो टेष्टमा शनिवार तेस्रो दिन ब्याटिङ गर्ने क्रममा घाइते हुन पुगेका थिए । तीव्र गतिका बलर प्याट कमिन्सको बाउन्सर बलले उनको हातमा लागेपछि शामी रिटायर्ड हर्ट आउट हुन पुगेका थिए । जसको कारण शामीले आगमी तीन खेल गुमाउने भएका हुन् ।
यता विराट कोहली पनि बाँकी तीन टेष्ट खेलमा उपलब्ध हुने छैनन् । कोहली र उनकी श्रीमती अनुष्का शर्मा पहिलो सन्तानको बुबा आमा बन्दै छन् । जसको कारण कोहली पहिलो टेष्टपछि भारत फर्किने यस अघिनै बताएका थिए ।
शामी नुहँदा भारतीय तीव्र गतिको बलिङ आक्रामक कमजोर बन्ने अनुमान गरिएको छ । टेष्ट स्पेलिष्ट ईशान्त शर्माले पनि चोटसँग लडिरहेका छन् । शामीको स्थान शार्दुल ठाकुरले लिने सम्भावना देखिन्छ ।
शनिबार भारत अष्ट्रेलियासँग पहिलो टेष्ट खेलमा ८ विकेटले पराजित भएको थियो । दोस्रो इनिङमा भारत २१.२ ओभरमा ३६ रनमा अल आउट भएको थियो । जुन भारतले टेष्ट इतिहासमा बनाएको सबैभन्दा कम स्कोर पर्दछ । दोस्रो टेष्ट २६ डिसेम्बर देखि मेलबर्न क्रिकेट मैदानमा सुरु हुने छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]