5 years ago
December 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर १ छनोटको उपाधि झापा महिला क्रिकेट टोलीले जितेको छ ।

झापा महिला टोलीले सोमबार फाइनलमा मोरङलाई ९ विकेटले पराजित गर्दै उपाधि जितेका हुन् । टस जितेर पहिला ब्याटिङ रोजेको मोरङ महिला टोली ५२ रनमा अल आउट भएका थिए । मोरङकी सलिना तामाङले १० र राधिका श्रेष्ठले १५ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
झापाकी निग्मा तामाङले सर्वाधिक २ विकेट लिइन् । सबनम राई, संगिता राई, अप्सरी बेगम, आलिसा खदिया र ज्योती दनुवारले १–१ विकेट लिइन् ।

जितका लागि सामान्य ५३ रनको विजयी लक्ष्य पछ्याको झापाले ८.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गरे । झापाका काजल श्रेष्ठ २२ र रोमा थापाले २० रनको योगदान दिइन् । प्रदेश नम्बर १ छनोट महिला प्रतियोगिताको प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी झापाकी अप्सरी बेगम घोषित बनेकी छिन् । अप्सरीले प्रतियोगितामा ३ खेलमा ८७ रन बनाउनुको साथैं २ विकेट लिएकी थिइन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]