default_image

5 years ago

December 22, 2020

पाकिस्तानले न्युजिल्यान्डलाई हरायो

143 views

0 Bookmark

एजेन्सी – ओपनर तथा विकेटकिपर मोहम्मद रिजवानको उत्कृष्ट ब्याटिङको सहयोगमा पाकिस्तानले तेस्रो तथा अन्तिम टि२० खेलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको छ । यो जितसँगै पाकिस्तान क्लिनस्विप हुनबाट बचेको छ ।

तीन टि२० आई खेलको सिरिज न्युजिल्यान्डले २–१ ले जितेको छ । जितका लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । रिजवानले ५९ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै ८९ रनको उत्कृष्ट विजयी इनिङ खेले ।

इफ्तिखर अहमद ७ बलमा १ चौका र १ छक्का सहित १४ रनमा अविजित रहे । अन्तिम ओभरको चौथो बलमा काइल जामिसनलाई छक्का प्रहार गर्दै इफ्तिखरले जित पक्का गरेका थिए । पाकिस्तानका ओपनर हैदर अली ११, मोहम्मद हफिज ४१, खुशदील शाह १३ र फहिम अशराफ २ रनमा आउट भए ।

हफिजले २९ बलमा २ चौका र ३ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि रिजवान र हफिजले ५१ बलमा ७२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । न्युजिल्यान्डका तीव्र गतिका बलर टिम साउथीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । स्कट कुगलेइजनले ४ ओभरमा ४० रन खर्चिदै २ विकेट लिए । काइल जामिसन र जेम्स निसमको नाममा १–१ विकेट रह्यो ।

त्यसअघि घरेलु मैदान म्याकलिन पार्क टस हारेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो । न्युजिल्यान्डका मध्यक्रमका देवन कन्वे ४५ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ६३ रनको योगदान दिए ।

ओपनर टिम सिफर्ट र मार्टिन गुप्टिलले ४.३ ओभरमा ४० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर हरिस रौफले गुप्टिललाई सादब खानबाट १९ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए ।

गुप्टिलले १६ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । छैटौं ओभरको तेस्रो बलमा फहिम अशराफले कप्तान केन विलियम्सनलाई १ रनमा बोल्ड आउट गरे । अशराफले आठौं ओभरको दोस्रो बलमा सिफर्टलाई ३५ रनमा बोल्ड आउट गरे ।

सिफर्टले २० बलमा २ चौका र ३ छक्का प्रहार गरे । ग्लेन फिलिप्स २० बलमा ४ चौका सहित ३१ रनमा आउट भए । पाकिस्तानका तीव्र गतिका बलर फहिम अशराफले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए ।

शाहिन अफ्रिदीले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । हरिस रौफले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड ५ विकेट र दोस्रो मा ९ विकेटले विजयी हुँदै सिरिज एक खेल अगावै जितेको थियो । पाकिस्तान र न्युजिल्यान्डबीच थप दुई टेष्ट खेलको सिरिज पनि हुने छ । पहिलो टेष्ट २६ डिसेम्बर देखि सुरुहुने छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.