5 years ago
December 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर १ छनोटमा झापालाई हराउँदै सुनसरी फाइनलमा पुगेको छ । सुनसरीले मंगलबार झापालाई ६२ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

कनकाई क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुनसरीले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । सुनसरीका प्रसान्त थापाले २३, विवेक मेहता १५, गौरव कटवाल १९, जोशक खड्का २४ र राकेश सोनीले ३३ रनको योगदान दिए ।
झापाका मनोज तामाङले १० ओभरमा ४ मेडन राख्दै १७ रन खर्चेर ५ विकेट लिए । अंकित सुवेदीले ३ र कमल खत्रीले १ विकेट लिएका थिए । जितका लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको झापा १९.४ ओभरमा १ सय ३ रनमा अल आउट भयो ।
झापाका समिर कार्कीले सर्वाधिक २५ रनको योगदान दिए । अंकित सुवेदी १४ र सुजन थपलियाले ९ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । सुनसरीका जोशक खड्का र सोनु मण्डलले ३–३ विकेट लिए ।
कप्तान सरोज बस्नेतको नाममा २ विकेट रह्यो । भुपाल लुइटेल र विकल्प आचार्यले १–१ विकेट लिए । सुनसरीले उपाधिको लागि मोरङसँग प्रतिस्पर्धा गर्ने छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]