5 years ago
December 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी छनोटमा मंगलबार कास्कीले तनहुँलाई ३१ रनले हराएको छ ।

मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको खेलमा जितका लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको तनहुँ ३९ ओभरमा १ सय २३ रनमा अल आउट भएको थियो । तनहुँका समिर कँडेलले सर्वाधिक ४१ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । कास्कीका दीपेश खत्रीले १० ओभरमा ५ मेडन राख्दै ९ रन खर्चेर ४ विकेट लिए । सुवास भण्डारीको नाममा ३ विकेट रह्यो ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको कास्की ४७.५ ओभरमा १ सय ५४ रनमा अल आउट भएको थियो । कास्कीका युवा ब्याट्सम्यान अर्जुन कुमालले ४३, अभिषेक थापाले ३५ तथा अमृत गुरुङ्गले २० रनको योगदान दिए । तनुहँका दिनेशजंग बुढामगरले ३ र राजु गुरुङ्गले २ विकेट लिए । प्रवेश खड्का, करुण सिरमला र सचिन अधिकारीको नाममा १-१ विकेट रह्यो । खेलमा दीपेश खत्री म्यान अफ द म्याच चुनिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]