default_image

5 years ago

December 23, 2020

कास्की च्याम्पियन, अर्जुन र सुवास सर्वोत्कृष्ट

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश छनोट उपाधि कास्कीले जितेको छ ।

कास्कीले बुधबार नवलपुरलाई ८६ रनले हराउँदै लिग चरणमा शीर्षस्थानमा रहँदै उपाधि जितेको हो । पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको कास्कीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय १ रन बनाएको थियो । कास्कीको जितमा युवा ओपनर ब्याट्सम्यान अर्जुन कुमालले सानदार प्रदर्शन गरे

अर्जुनले १ सय २७ बलमा १० चौका सहित सर्वाधिक ७७ रनको योगदान दिए । सुवास भण्डारीले ३४, विपिन खत्री ३० र अमृत गुरुङले १० रनको योगदान दिए । नवलपुलका विशाल पौडेलले सर्वाधिक २ विकेट लिए । विज्ञान गौतम, लक्की र कमलले एक एक विकेट लिए ।

जितका लागि २ सय २ रनको विजयी लक्ष्य पछ्याएको नवलपुर ३१ ओभरमा १ सय १५ रनमा अल आउट भएको थियो । ओपनर राहुल शर्माले ३२, कमल परियारले १६ र सन्देश बस्नेतले २७ रनको योगदान दिन बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । कास्कीका विपिन खत्री र दीपेश खत्रीले ३–३ विकेट लिए । सुबास भण्डारीले २ र अमृत गुरुङले १ विकेट लिए ।

छनोटमा गण्डकीका १४ वर्षिय युवा ब्याट्सम्यान अर्जुन उत्कृष्ट ब्याट्सम्यान घोषित भए । अर्जुले ३ खेलमा कुल १ सय ४२ रन बनाए । उच्च प्रर्दशन ७७ रन रह्यो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर सुवास भण्डारी चुनिए । सुवासले कुल प्रतियोगितामा ३ खेलमा २७ ओभर बलिङ गर्दै ७ मेडन राखेर ६८ रन खर्चदै ८ विकेट लिएका थिए । ब्याटिङतर्फ २ इनिङमा ५३ रन जोडेका थिए ।

कास्की ३ खेलमा अपराजित रहँदै शीर्षस्थानमा रहँदै च्याम्पियन बन्यो । समान ३ खेलमा १–१ जित सहित नवलपुर दोस्रो, तनहुँ तेस्रो र स्याङ्जा पुछारमा रहे ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.