5 years ago
December 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली तीव्र गतिका बलर सोमपाल कामीले आगमी संस्करणको टि टेन लिग खेल्ने भएका छन् ।

जारी टि टेन लिगको ड्राफ्टमा सोमपाललाई मराठा अरेबियन्सले ड्राफ्टमा अनुबन्ध गरेको छ । मराठाले पाकिस्तानका अनुभवी ब्याट्सम्यान मोहम्मद हफिजलाई पनि टोलीले ड्राफ्टमा अनुबन्ध गरेको छ ।
सोमपालले दोस्रो पटक विदेशी लिग खेल्न लागेका हुन् । टि टेन लिगमा सोमपाल नेपालबाट अनुबन्ध हुने तेस्रो खेलाडी पर्दछन् । यस अघि पारस खड्का र सन्दीप लामिछानेले टि टेन लिग खेलि सकेका छन् ।
सोमपालले गतवर्ष क्यानडाको ग्लोबल टि ट्वान्टी क्यानडामा विनिपेग हक्सबाट खेलेका थिए । सोमपालको टोलीनै च्याम्पियन बनेको थियो । आगामी संस्करणको टि टेन लिग २८ जनवरी देखि ६ फेब्रुअरी सम्म यूएईमा हुने छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]