5 years ago
January 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का कोरोना संक्रमण मुक्त भएका छन् ।

पारसले सोमबार सामाजिक संजालमा आफूलाई संक्रमण भएको २५ दिनपछि आफ्नो पिसिआर रिपोर्ट नेगेटिभ आएको जनाएका छन् । पारसले सबैलाई धन्यावाद ब्यक्त दिँदै २०२१ को लागि तयार भएको पनि बताएका छन् ।
गत मंसिर २६ मा सामान्य लक्षण देखिएपछि टोलीबाट छुट्टिएर बसेका पारसको बिहीबार गन्ध र स्वाद हराएको थियो । शुक्रबार विहान गरिएको परिक्षणको नतिजा पोजेटिभ आएपछि उनी होम आइसोलेसनमा बसेका थिए । राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणको क्रममा पारसलाई कोरोना संक्रमण देखिएको थियो ।
पारसले कोरोनाको लागेपछि चितवनमा भएको गौतम बुद्ध कप गुमाएका थिए । पारसले अव माघ पहिलो साता देखि काठमाडैंमा हुने प्रधानमन्त्री राष्ट्रिय पुरुष एकदिवसिय क्रिकेट एकदिवसिय प्रतियोगिता खेल्छन् वा खेल्दैन त्यो भने अनिश्चित छ । पारसले गतवर्ष बागमतीबाट पिएमकप खेलेका थिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]