5 years ago
January 8, 2021
काठमाडौं(हाम्रो खेलकुद) – शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारी कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमी र बिबि वारियर्स फाइनल प्रवेश गरेका छन् ।

प्रतियोगिताको उपाधिको लागि यी दुई टोलीले शनिवार प्रतिस्पर्धा गर्ने छन् । शुक्रबार सम्पन्न सेमीफाइनलमा कोहलपुर क्रिकेट एकेडेमीले न्यू दर्पण युथ क्लब तथा बिबी वारियर्सले बिबीसीसी कीर्तिपुरलाई पराजित गर्दै फाइनलमा पुगेका थिए ।
कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमीले न्यू दर्पण युथ क्लबलाई ४ विकेटले पराजित गर्यो। न्यू दर्पणले दिएको ६३ रनको विजयी लक्ष्य पछ्याएको कोहलपुरले ९.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।
गिरीले सर्वाधिक १७ रनको योगदान दिए । अजय शहानीले १३ रन, सन्दी नेपालीले १२ रन र रमेश सिंहले १० रन बनाए। सिमोन थापा र दिपक राना मगरले समान २ विकेट लिए । करन भण्डारी र मोहन थापाले १-१ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको न्यू दर्पणले १३.५ ओभरमा ६२ रनमा अल आउट भएको थियो । गजेन्द्र ओलीले सर्वाधिक २० र दिप राना मगरले १२ रन बनाए । कोहलपुर क्रिकट एकेडेमीका बलर रोशन सिंह, लभकुश यादव, रुपेश कुर्मी र रमेश सिंहले २-२ विकेट लिए । अजय शहानिले १ विकेट लिए।
दोश्रो सेमिफाइनलमा बिबि वारियर्सले बिबिसीसी कीर्तिपुरलाई ३१ रनले पराजित गर्यो । बिबि वारियर्सले दिएको १सय २७ रनको लक्ष्य पछ्याउने क्रममा बिबीसीसी कीर्तिपुरले १५ ओभरमा ८ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो।
सन्दीप कुवँरले सर्वाधिक २२ रनको योगदान दिए । निरज सिंह धामीले १५, किशन विष्टले, सौरभ बमले १२ र दीपक बोहराले १० रन बनाए। बिबी वारियर्सका बलर आकाश विष्ट सर्वाधिक ३ विकेट लिए । सिद्धान्त राज शाही र बिशाल पौडेलले समान २ विकेट लिए।

त्यस अघि टस जितेर ब्याटिङ रोजेको बिबी वारियर्सले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । विजय चौधरीले ४१ बलमा ४ चौका र २ छक्का सहित ५२ रनको योगदान दिए ।
शाहिद अन्सारीले २६, अनुपम सिंह र प्रनित थापाले समान १६ रन र अमर सिंह रौटेलाले १० रन बनाए। बिबिसीसी कीर्तिपुरका बलर सौरभ बमले २ विकेट तथा प्रकाश चन्द ठकुरी र निरज सिंह धामीले समान १ विकेट लिए।
यस अघि शुक्रबारनै सम्पन्न चौथो क्वार्टरफाइनलमा बिबिसीसी किर्तिपुरले यस एक्स्पर्टलाई ३२ रनले पराजित गर्यो। बिबीसीसीले दिएको १ सय रनको लक्ष्य पछ्याउने क्रममा यस एक्स्पर्टले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो।
एक्स्पर्टको लागि शुबेन्दु पाण्डेले २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनौं सकेनन्। बिबीसीसीका बलर किशन बिस्टले सर्वाधिक ३ विकेट तथा निरज सिंह धामी, सौरभ बम र सुरज तिवारीले समान २ विकेट लिए।
त्यस अघि टस हारेर ब्याटिङ गरेको बिबिसीसी कीर्तिपुरले १४.४ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनाएको थियो। बिबिसीसीको लागि किशन विष्टले सर्वाधिक २२ रन, सौरभ बमले १९ रन, सन्दिप कुँवरले १३ रन तथा दिपक बोहराले १० रन बनाए । यस एक्स्पर्टका बलर सन्दीप खत्री र बसन्त रेग्मीले समान ३ विकेट लिए । नासिर अन्सारी, सौगात खत्री, अनिश छेत्री र राकेश गगुप्ताले समान १ विकेट लिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]