5 years ago
January 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेश छनोटमा रुपन्देहीले लगातार दोस्रो जित हात पारेको छ ।

रुपन्देहीले शनिबार दोस्रो खेलमा कपिलवस्तुलाई ६९ रनले पराजित गरेको छ । सिद्धार्थ रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको रुपन्देहीले निर्धारित ३८ ओभरमा ८ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो ।
रुपन्देहीका देभ खनालले ३३, सन्दीप सुनारले २७, सन्दीप रजालीले ३९, कृष्ण कार्की १६ र विक्रम भुषालले १७ रनको योगदान दिए । कपिलवस्तुका दुर्गेश कुर्मीले ८ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए ।
जितका लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको कपिलवस्तु २७.३ ओभरमा ९८ रनमा अल आउट भएको थियो । कपिलवस्तुका रमेश पाठक २०, सुमन थापाले १३ र राज अग्रहारीले १४ रनको योगदान दिन बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । अनिल खरेल र विक्रम भुषालले ३–३ विकेट लिए । कप्तान कृष्ण कार्की, दुर्गेश गुप्ता, नितेश थापा र सन्दीप सुनारले समान १ विकेट लिए ।
रुपन्देहीले शुक्रबार पहिलो खेलमा नवलपरासीलाई १ सय ६३ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । लुम्बिनी प्रदेश छनोट माघ १ गतेसम्म चल्ने छ । समूह ‘ए’ मा रुपन्देही, पाल्पा, कपिलवस्तु र नवलपरासी छन् ।
समूह ‘बी’ मा बाँके, बर्दिया र दाङ छन् । समूह ‘ए’ का सबै खेल सिद्धार्थ रंगशाला र समूह ‘बी’ का लमहीमा देउखुरी क्रिकेट मैदानमा हुने छन् । फाइनलमा दुवै समूहका शीर्ष दुई टोली सिद्धार्थ रंगशालामा भिड्ने छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]