5 years ago
January 10, 2021
एजेन्सी – घरेलु टोली अष्ट्रेलियाले तेस्रो टेष्ट खेलमा भारतलाई ४ सय ७ रनको विशाल लक्ष्य दिएको छ । चौथो दिन अष्ट्रेलियाले दोस्रो इनिङमा ८७ ओभरमा ३१२–६ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्दै विशाल लक्ष्य दिएको छ ।

पहिलो इनिङमा ९४ रनको अग्रता लिएको अष्ट्रेलियाले समग्रमा उक्त लक्ष्य दिएको हो । अष्ट्रेलियालाई विशाल योगफलमा पुर्याउन दोस्रो इनिङमा युवा ब्याट्सम्यान क्यामरन ग्रिन, स्टिभ स्मिथ र मार्नस लाबुसेनलले उत्कृष्ट अर्ध शतक प्रहार गरे ।
चौथो दिन ४७ औं ओभरको पहिलो बलमा लाबुसेनलाई नवदीप सैनीले ७३ रनमा ऋद्धिमान शाहबाट क्याच आउट गराए । लाबुसेनलले १ सय १८ बलमा ९ चौका प्रहार गरे । स्टिभ स्मिथ १ सय ६७ बलमा ८ चौका र १ छक्का सहित ८१ रनमा एलबिडब्लू आउट भए । स्मिथलाई रविचन्द्रन आश्विनले आउट गरे । तेस्रो विकेटका लागि लाबुसेन र स्मिथले १ सय ३ रनको साझेदारी गरेका थिए ।
युवा अलराउन्डर क्यामरन ग्रिनले आक्रामक ब्याटिङ गर्दै बलियो योगफलमा पुर्याएका थिए । ग्रिन १ सय ३२ बलमा ८ चौका र ४ छक्का सहित ८४ रनमा क्याच आउट भए । ग्रिनको यो पहिलो टेष्ट अर्ध शतक हो । जस्प्रित बुमराहको बलमा एज लागेर ग्रिन शाहबाट क्याच आउट हुन पुगेपछि शतकबाट चुकेका थिए ।

टिम पेइन ५२ बलमा ६ चौका सहित ३९ रनमा अविजित रहे । छैटौं विकेटका लागि पेइन र ग्रिनले आक्रामक ब्याटिङ गर्दै १ सय ४ रनको शतकीय साझेदारी गरेपछि अष्ट्रेलियाले बलियो योगफल बनाएको थियो । ओपनर डेभिड वार्नर १३ र विल पुकोव्स्की १० रनमा आउट भएका थिए । भारतका नवदीप सैनी र रविचन्द्रन आश्विनले २–२ विकेट लिए । जस्प्रित बुमराह र मोहम्मद सिराजको नाममा १–१ विकेट रह्यो ।
त्यसअघि पहिलो इनिङमा भारत १००ं.४ ओभरमा २ सय ४४ रनमा अल आउट भएको थियो । भारतका सुभमन गिल र चेतेश्वर पुजाराले सर्वाधिक ५०–५० रनको योगदान दिए । गिलले १ सय १ बलमा ८ चौका प्रहार गरे । पुजाराले १ सय ७६ बलमा ५ चौका प्रहार गरे ।
रोहित शर्मा २६, अजिक्या रहाने २२, ऋषभ पन्त ३६ र रविन्द्र जडेजाले २४ रनको योगदान दिए । अष्ट्रेलिया तीव्र गतिका बलर प्याट कमिन्सले सर्वाधिक ४ विकेट लिए । जोश हेजलवुडले २ र मिचेल स्टार्कले १ विकेट लिए ।

त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलिया १०५।४ ओभरमा ३ सय ३८ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया स्टिभ स्मिथले २ सय २६ बलमा १६ चौका सहित १ सय ३१ रनमा आउट भए । अन्तिम विकेटका रुपमा स्मिथ रविन्द्र जडेजाको उत्कृष्ट डाइरेक्ट थ्रो मा रन आउट भएका थिए । स्मिथको यो टेष्ट करिअरको २७ औं शतक हो ।
७१ औं ओभरमा मार्नस लाबुसेन ९१ रनमा क्याच आउट हुन पुगे । स्पिनर रविन्द्र जडेजाको बलमा कप्तान अजिक्या रहानेबाट क्याच आउट हुँदै लाबुसेन पेभिलिएन फर्केका थिए । शतक नजिक पुगेका लाबुसेनलले १ सय ९६ बलमा ११ चौका प्रहार गरे ।
जडेजालेनै म्याथ्यु वेडलाई ७७ औं ओभरमा जस्प्रित बुमराहबाट १३ रनमा क्याच आउट गरे । जस्प्रित बुमराहले युवा अलराउन्डर क्यामरन ग्रिनलाई शून्यमा एलबिडब्लू र कप्तान टिम पेइनलाई १ रनमा बोल्ड आउट गरे । जडेजाले प्याट कमिन्सलाई शून्यमा बोल्ड आउट गरे । मिचेल स्टार्क ३० बलमा २ चौका र १ छक्का सहित २४ रनको योगदान दिए ।
ओपनर डेभिड वार्नर चौथो ओभरको तेस्रो बलमा मोहम्मद सिराजले चेतेश्वर पुजराबाट ५ रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि विल पुकोव्स्की र लाबुसेनले १ सय रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए ।
डेब्यू खेलमै उत्कृष्ट अर्धशतक प्रहार गरेका पुकोव्स्कीलाई ३५ औं ओभरको दोस्रो बलमा नवदीप सैनीले ६२ रनमा एलबिडब्लू आउट गरेका थिए । पुकोव्स्कीले १ सय १० बलमा ४ चौका प्रहार गरे ।
स्पिनर रविन्द्र जडेजाले १८ ओभरमा ३ मेडन राख्दै ६२ रन खर्चेर ४ विकेट लिए । नवदीप सैनी र जस्प्रित बुमराहले २–२ विकेट लिए । मोहम्मद सिराजको नाममा १ विकेट रह्यो । चार टेष्ट खेलको सिरिज दुई खेल सकिँदा १–१ को अवस्थामा छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]