5 years ago
January 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेश छनोटमा दाङले सानदार विजयी सुरुवात गरेको छ ।

समूह ‘बी’ मा रहेको घरेलु टोली दाङले बर्दियालाई ७६ रनले हराउँदै सानदार विजयी सुरुवात गरेको छ । देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको दाङले ४० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो । दाङका मोहन खत्री र सन्देश पान्डेले अर्धशतकीय इनिङ खेले । मोहन खत्रीले ६२ बलमा ४ चौका र २ छक्का सहित ५२ रनको योगदान दिए ।
सन्देशले ६६ बलमा ५ चौका सहित ५१ रन जोडे । विराट भण्डारी १५, कप्तान राजविर सिंह ३४, सुजन पुनले २५ रनको योगदान दिए । बर्दिया वाकर अहमदले सर्वाधिक ३ विकेट लिए । सुमित श्रेष्ठले २, गोपाल जि.सी र समिर आचार्यले १–१ विकेट लिए ।
जितका लागि २ सय १० रनको विजयी लक्ष्य पछ्याएको बर्दिया २६.४ ओभरमा १ सय ३३ रनमा अल आउट भएको थियो । युवा ब्याट्सम्यान विशाल विक्रम केसीले २३, सुमित श्रेष्ठ १८, नविन बुढाथोकी १४, गोपाल जि.सीले १६ रनको योगदान दिए । दाङका स्पिनर तुलबहादुर थापाले ८ ओभरमा १ मेडन सहित ३५ रन खर्चेर ५ विकेट लिए । स्पिनर राजवीर सिंहले २, तीव्र गतिका बलर कमल वली र अमित तामाङले १–१ विकेट लिए ।
लुम्बिनी प्रदेश छनोट माघ १ गतेसम्म चल्ने छ । समूह ‘ए’ मा रुपन्देही, पाल्पा, कपिलवस्तु र नवलपरासी छन् । समूह ‘बी’ मा बाँके, बर्दिया र दाङ छन् । समूह ‘ए’ का सबै खेल सिद्धार्थ रंगशाला र समूह ‘बी’ का लमहीमा देउखुरी क्रिकेट मैदानमा हुने छन् । फाइनलमा दुवै समूहका शीर्ष दुई टोली सिद्धार्थ रंगशालामा भिड्ने छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]