default_image

3 years ago

January 10, 2021

पिएसएलमा नेपाली खेलाडी छनोट भएनन्

एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा नेपालका कुनैपनि खेलाडी अनुबन्ध भएनन् । आइतबार साँझ सम्पन्न ड्राफ्टमा नेपालका कुनै पनि खेलाडीलाई फ्रेन्चाइज टोलीले अनुबन्ध गरेनन् । नेपालबाट पूर्वकप्तान पारस खड्का, स्पिनर सन्दीप लामिछाने सहित १० खेलाडी ड्राफ्टमा सहभागी थिए । यसपटक सन्दीप प्लेटिनम क्याटेगोरीमा थिए । सिल्भर विदेशी कोटामा उप कप्तान दीपेन्द्रसिंह ऐरी, […]

47 views

0 Bookmark

एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा नेपालका कुनैपनि खेलाडी अनुबन्ध भएनन् । आइतबार साँझ सम्पन्न ड्राफ्टमा नेपालका कुनै पनि खेलाडीलाई फ्रेन्चाइज टोलीले अनुबन्ध गरेनन् ।

नेपालबाट पूर्वकप्तान पारस खड्का, स्पिनर सन्दीप लामिछाने सहित १० खेलाडी ड्राफ्टमा सहभागी थिए । यसपटक सन्दीप प्लेटिनम क्याटेगोरीमा थिए । सिल्भर विदेशी कोटामा उप कप्तान दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, पारस खड्का, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख थिए । पिएसएल ड्राफ्टमा २० देशका ४ सय भन्दा बढी विदेशी खेलाडी सहभागी थिए ।

इस्लामबाद युनाइटेडले पाकिस्तानका तीव्र गतिका बलर हसन अलीलाई सोझै छनोट गरेको थियो । तीव्र गतिसँगै हसनले तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्ने गर्दछन् । चोटबाट फर्किंएका हसन उत्कृष्ट लयमा छन् ।

प्लेटिनमतर्फ मुल्तान सुल्तान्सले अष्ट्रेलिया ओपनर क्रिस लिन, लाहोर कलन्दर्सले अफगानिस्तानका स्पिनर राशिद खान, पेशावार जाल्मीले दक्षिण अफ्रिका ब्याट्सम्यान डेभिड मिलर, क्वेटा ग्याडियटर्सले वेस्टइन्डिजका क्रिस गेल र इंग्ल्यान्डका टम ब्यान्टनलाई अनुबन्ध गरेका थियो ।

अफगानिस्तान, इंग्ल्यान्ड र वेस्टइन्डिजका खेलाडी बढी अनुबन्ध भएका छन् । ड्राफ्टमा प्लेटिनम, डाइमन्ड, गोल्ड, सिल्भर र इमर्जिङ क्याटेगोरीमा खेलाडी थिए । प्लेटिनममा वर्तमान टि२० विश्व वरियतामा शीर्ष स्थानमा रहेका डेविड मलान पनि अनुबन्ध हुन सकेनन् ।

गत वर्षको पिएसएलमा पनि नेपालका कुनैपनि खेलाडी अनुबन्ध भएका थिएनन् । गतवर्ष सन्दीप सहित ८ खेलाडी ड्राफ्टमा थिए । पिएसएल २०२१ फेब्रुअरी २० देखि २२ मार्च सम्म लाहोर र कराँचीमा हुने सम्भावना छ ।

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

April 26, 2024

नेपाली टोलीमा ४ खेलाडी थपिए

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सिरिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा विहीबार घोषणा भएको १६ सदस्यीय टोलीमा नेपाल ‘ए’ बाट ४ खेलाडी थपिएको जानकारी दिएका हुन् । उक्त सिरिजमा उच्च […]

Success

Thank you for your time.