default_image

3 years ago

January 11, 2021

भारत र अष्ट्रेलियाको रोमाञ्चक बराबरी

एजेन्सी – अन्तिम सेसनमा हनुमा विहारी र रविन्द्रन आश्विनले संयमित ब्याटिङ गरेपछि भारत र अष्ट्रेलियाबीच सिरिजको तेस्रो टेस्ट बराबरीमा सकिएको छ । पाँचौं दिन भारतलाई अघिल्लो दिन ९८-२ बाट जितको लागि थप ३ सय ९ रन आवश्यक थियो भने अष्ट्रेलियालाई ८ विकेट चाहिएको थियो । तर मुख्य ब्याट्सम्यान आउट भएपछि भारतले सम्हालिएर बराबरीका लागि खेल्ने रणनीति […]

23 views

0 Bookmark

एजेन्सी – अन्तिम सेसनमा हनुमा विहारी र रविन्द्रन आश्विनले संयमित ब्याटिङ गरेपछि भारत र अष्ट्रेलियाबीच सिरिजको तेस्रो टेस्ट बराबरीमा सकिएको छ ।

पाँचौं दिन भारतलाई अघिल्लो दिन ९८-२ बाट जितको लागि थप ३ सय ९ रन आवश्यक थियो भने अष्ट्रेलियालाई ८ विकेट चाहिएको थियो । तर मुख्य ब्याट्सम्यान आउट भएपछि भारतले सम्हालिएर बराबरीका लागि खेल्ने रणनीति लियो । भारत दिनको खेल समाप्त हुँदा १ सय ३१ अोभरमा ३३४-५ को स्थितिमा रहयो । यस बराबरीसँगै ४ टेस्टको सिरिज १-१ को बराबरीमा रहेको छ । अन्तिम टेस्ट शुक्रबारदखि ब्रिसबेनमा हुनेछ ।

दिनको सुरुवात ९८-२ को स्थितिमा गरेको भारतले कप्तान अजिंक्या रहानेलाई सुरुवातमै गुमाएको थियो । उनी ४ रन जोड्दै नाथन लायनको बलमा क्याचआउट भए । तर त्यसपछि ऋषभ पन्तले आक्रामक ब्याटिङ गर्दै खेल भारतको पक्षमा लगेका थिए ।

पन्तले ९७ रनमा खेलिरहँदा क्याच आउट हुनुअघि १२ चौका र ३ छक्का प्रहार गरे । उनले चेतेश्वर पुजारासँग मिलेर चौथो विकेटका लागि १ सय ४८ रनको साझेदारी गरेका थिए । पुजारा ७७ रन जोड्दै आउट भएपछि अष्ट्रेलिया खेलमा फर्कने सम्भावना देखिएको थियो । उनी हेजलवुडको बलमा बोल्ड हुनुअघि २ सय ५ बलको सामना गरे ।

तर आश्विन र हनुमाले अन्तिम सेसनमा विकेट बचाएर खेल्न सफल रहे । यी दुईले अन्तिम ४२ अोभर ब्याटिङ गर्दै मात्र ६२ रन जोडेका थिए । हनुमाले १ सय ६१ बलको सामना गर्दै ४ चौकाको मदतले २३ रन जोडे । आश्विन १ सय २८ बलमा ७ चौकासहित ३९ रनमा नटआउट रहे । अष्ट्रेलियाले केहि क्याच छोड्दा खेल आफ्नो पकडबाट गुमाएको थियो ।

त्यसअघि अघिल्लो दिन दोस्रो इनिङमा भारतका ओपनर रोहित शर्मा र सुभमन गिलले पहिलो विकेटका लागि २२.१ ओभरमा ७१ रनको साझेदारी गरेका थिए । जोश हेजलवुडले गिललाई ३१ रनमा कप्तान टिम पेइनबाट क्याच गराउँदै पहिलो सफलता दिलाए । गिलले ६४ बलमा ४ चौका प्रहार गरे । रोहित शर्मालाई प्याट कमिन्सले मिचेल स्टार्कबाट ५२ रनमा क्याच आउट गराए । रोहितले ९८ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए ।

चौथो दिन अष्ट्रेलियाले दोस्रो इनिङमा ८७ ओभरमा ३१२–६ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्दै विशाल लक्ष्य दिएको थियो । पहिलो इनिङमा ९४ रनको अग्रता लिएको अष्ट्रेलियाले समग्रमा उक्त लक्ष्य प्रस्तुत गरेको थियो ।

अष्ट्रेलियालाई विशाल योगफलमा पुर्याउन दोस्रो इनिङमा युवा ब्याट्सम्यान क्यामरन ग्रिन, स्टिभ स्मिथ र मार्नस लाबुसेनलले उत्कृष्ट अर्ध शतक प्रहार गरेका थिए । चौथो दिन ४७ औं ओभरको पहिलो बलमा लाबुसेनलाई नवदीप सैनीले ७३ रनमा ऋद्धिमान शाहबाट क्याच आउट गराए ।

लाबुसेनलले १ सय १८ बलमा ९ चौका प्रहार गरे । स्टिभ स्मिथ १ सय ६७ बलमा ८ चौका र १ छक्का सहित ८१ रनमा एलबिडब्लू आउट भए । स्मिथलाई रविचन्द्रन आश्विनले आउट गरे । तेस्रो विकेटका लागि लाबुसेन र स्मिथले १ सय ३ रनको साझेदारी गरेका थिए ।

युवा अलराउन्डर क्यामरन ग्रिनले आक्रामक ब्याटिङ गर्दै बलियो योगफलमा पुर्याएका थिए । ग्रिन १ सय ३२ बलमा ८ चौका र ४ छक्का सहित ८४ रनमा क्याच आउट भए । जस्प्रित बुमराहको बलमा एज लागेर ग्रिन शाहबाट क्याच आउट हुन पुगेपछि शतकबाट चुकेका थिए । टिम पेइन ५२ बलमा ६ चौका सहित ३९ रनमा अविजित रहे । छैटौं विकेटका लागि पेइन र ग्रिनले आक्रामक ब्याटिङ गर्दै १ सय ४ रनको शतकीय साझेदारी गरेपछि अष्ट्रेलियाले बलियो योगफल बनाएको थियो । ओपनर डेभिड वार्नर १३ र विल पुकोव्स्की १० रनमा आउट भएका थिए ।

त्यसअघि पहिलो इनिङमा भारत १००ं.४ ओभरमा २ सय ४४ रनमा अल आउट भएको थियो । भारतका सुभमन गिल र चेतेश्वर पुजाराले सर्वाधिक ५०–५० रनको योगदान दिए । गिलले १ सय १ बलमा ८ चौका प्रहार गरे । पुजाराले १ सय ७६ बलमा ५ चौका प्रहार गरे ।

रोहित शर्मा २६, अजिक्या रहाने २२, ऋषभ पन्त ३६ र रविन्द्र जडेजाले २४ रनको योगदान दिए ।अष्ट्रेलिया तीव्र गतिका बलर प्याट कमिन्सले सर्वाधिक ४ विकेट लिए । जोश हेजलवुडले २ र मिचेल स्टार्कले १ विकेट लिए ।

त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलिया १०५.४ ओभरमा ३ सय ३८ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया स्टिभ स्मिथले २ सय २६ बलमा १६ चौका सहित १ सय ३१ रनमा आउट भए । अन्तिम विकेटका रुपमा स्मिथ रविन्द्र जडेजाको उत्कृष्ट डाइरेक्ट थ्रो मा रन आउट भएका थिए । स्मिथको यो टेष्ट करिअरको २७ औं शतक हो ।

७१ औं ओभरमा मार्नस लाबुसेन ९१ रनमा क्याच आउट हुन पुगे । स्पिनर रविन्द्र जडेजाको बलमा कप्तान अजिक्या रहानेबाट क्याच आउट हुँदै लाबुसेन पेभिलिएन फर्केका थिए । शतक नजिक पुगेका लाबुसेनलले १ सय ९६ बलमा ११ चौका प्रहार गरे ।

जडेजालेनै म्याथ्यु वेडलाई ७७ औं ओभरमा जस्प्रित बुमराहबाट १३ रनमा क्याच आउट गरे । जस्प्रित बुमराहले युवा अलराउन्डर क्यामरन ग्रिनलाई शून्यमा एलबिडब्लू र कप्तान टिम पेइनलाई १ रनमा बोल्ड आउट गरे । जडेजाले प्याट कमिन्सलाई शून्यमा बोल्ड आउट गरे । मिचेल स्टार्क ३० बलमा २ चौका र १ छक्का सहित २४ रनको योगदान दिए ।

ओपनर डेभिड वार्नर चौथो ओभरको तेस्रो बलमा मोहम्मद सिराजले चेतेश्वर पुजराबाट ५ रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि विल पुकोव्स्की र लाबुसेनले १ सय रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । डेब्यू खेलमै उत्कृष्ट अर्धशतक प्रहार गरेका पुकोव्स्कीलाई ३५ औं ओभरको दोस्रो बलमा नवदीप सैनीले ६२ रनमा एलबिडब्लू आउट गरेका थिए ।

पुकोव्स्कीले १ सय १० बलमा ४ चौका प्रहार गरे । स्पिनर रविन्द्र जडेजाले १८ ओभरमा ३ मेडन राख्दै ६२ रन खर्चेर ४ विकेट लिए । नवदीप सैनी र जस्प्रित बुमराहले २–२ विकेट लिए । मोहम्मद सिराजको नाममा १ विकेट रह्यो ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.