5 years ago
January 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल तथा पूर्व कप्तान पारस खड्का दुवैले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशबाट खेल्ने भएका छन् ।

माघ २ गतेदेखि सुरु हुने प्रधानमन्त्री कपका लागि बागमती प्रदेशले २५ खेलाडीको नाम सार्वजनिक गर्दा ज्ञानेन्द्र र पारसको नाम समेटिएको हो । गत वर्ष पनि दुवै खेलाडीले प्रदेश टोलीबाट सँगै खेलेका थिए । पछिल्लो संस्करणमा टोली सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो ।
बागमतीले अघिल्लो साता भएको प्रदेश छनोटको आधारमा २५ खेलाडी छनोट गरेको हो । अब अन्तिम छनोटमा १४ खेलाडीको नाम सार्वजनिक हुनेछ । पारस र ज्ञानेन्द्र दुवै कोरोना संक्रमणका कारण विश्राममा रहेका थिए । प्रदेश छनोटमा चितवनले फाइनलमा काठमाडौंलाई पराजित गर्दै उपाधि जितेको थियो ।

बागमती प्रतियोगिताको समूह बी मा रहेको छ । उक्त समूहमा साविक विजेता नेपाल पुलिस क्लबसँगै सुदूरपश्चिम, लुम्बिनी र प्रदेश २ रहेका छन् । बागमतीले पहिलो खेलमा माघ ४ गते पुलिसको सामना गर्नेछ ।
बागमती प्रदेशको २५ सदस्यीय टोली :
ज्ञानेन्द्र मल्ल, पारस खड्का, पृथु बास्कोटा, इशान पाण्डे, आदील खान, आकाश थापा, बिभत्सु थापा, रामनरेश गिरि, नन्दन यादव, गौतम केसी, सुमित झा, अरियो पौडेल, सुबाश खत्री, रिजन ढकाल, विपिन आचार्य, पवनगोपाल श्रेष्ठ, जितेन्द्र सिंह ठकुरी, दिपेश श्रेष्ठ, तिलकराज भण्डारी, राजेश रिमाल, संघर्ष पौडेल, विशाल फुयाल, प्रतिक श्रेष्ठ, नविन यादव, तक्षक सिम्खडा

December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]