5 years ago
January 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर कृष्ण कार्कीको कप्तानीमा लुम्बिनीले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता लागि आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ ।

घोषणा गरिएको टोलीमा रुपन्देही र युवा खेलाडीको बाहुल्यता छ । प्रधानमन्त्री कप शुक्रबार देखि १७ गतेसम्म मुलपानी र टियु मैदानमा हुने छ । घोषणा टोलीमा यू१९ का युवा अलराउन्डर विशाल विक्रम के.सी भने समेटिएका छैनन् । उनले लुम्बिनी प्रदेश छनोट बर्दियाबाट खेलेका थिए । त्यस्तै विकेटकिपर ब्याट्सम्यान प्रकाश केसीले पूनरागमन गरेका छन् ।
लुम्बिनी समूह बी मा छ । लुम्बिनीले पहिलो खेल माघ ६ मा प्रदेश २ सँग खेल्दै सुरुवात गर्ने छ । माघ ८ मा पुलिससँग टियूमा, माघ १० मा सुदूरपश्चिम र माघ ११ मा बागमतीसँग मुलपानीमा खेल्ने छ ।
लुम्बिनीको टोली : कृष्ण कार्की (कप्तान), सौरभ खनाल, विक्रम भुषाल, अनिल खरेल, सन्दीप रजाली, राजवीर सिंह, प्रकाश केसी, सुशान्त सिंह थापा, प्रनित थापा मगर, जितेन्द्र साहनी, देव खनाल, दीपेन्द्र रावत र अमित तामाङ
वैकल्पिक खेलाडी : विशाल विक्रम केसी, तुला थापा, नरेश सार्की र नितेश थापा
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]