5 years ago
January 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान विनोद भण्डारीको सानदार शतकको सहयोगमा आर्मीले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता पहिलो खेलमा गण्डकी प्रदेशलाई २ सय ८८ रनको बलियो लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८७ रन बनायो । विनोद ७६ बलमा ९ चौका र ५ छक्का सहित १ सय ११ रनमा अविजित रहे । भण्डारीले ७३ बलमा ९ चौका र ४ छक्का सहित आफ्नो करिअरको पहिलो शतक प्रहार गरेका थिए । अमृत गुरुङको ४९ औं ओभरको अन्तिम बलमा एक रन बटुल्दै विनोदले शतक पूरा गरेका थिए । भण्डारीको यो अन्तर्राष्ट्रिय र राष्ट्रिय दुबै प्रतियोगितामा पहिलो शतक हो ।
अन्तिम बलमा आउट भएका युवा ब्याट्सम्यान लोकेश बमले ३० बलमा ३ चौका र २ छक्का ४२ रनमा क्याच आउट भए । छैटौं विकेटका लागि विनोद र लोकेशले १ सय ३ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । आर्मीलाई ओपनर हरिकृष्ण झा र राजु रिजालले १८.४ ओभरमा ६३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । बाँकी १५ रन जोड्न प्रमुख दुई ब्याट्सम्यान गुमाएपछि गण्डकी खेलमा पूनरागमन गरेको थियो ।

कप्तान बिपिन खत्रीले दीपेश खत्रीबाट झालाई १४ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । २१ औं ओभरको चौथो बलमा बिपिनलेनै विकेटकिपर राजु रिजाललाई ४५ रनमा एलबिडब्लू आउट गर्दै दोस्रो सफलता दिलाए । राजुले ७१ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
स्पिनर विशाल पौडेलको २२ औं ओभरको तेस्रो बलमा रोहित कुमार पौडेल ठूलो सट खेल्नेक्रममा मिडअनमा चन्द्रकान्त पौडेलबाट १० रनमा क्याच आउट हुन पुगे ।
विशाललेनै २६ औं ओभरको पाँचौं बलमा भिम सार्कीलाई १५ रनमा कट एण्ड बोल्ड आउट गरेका थिए । छैटौं विकेटका लागि लोकेश र विनोदले रनको आक्रामक साझेदारी गर्दै बलियो योगफलमा पुर्याए । विनोद र राजेश पुलामी मगरले पाँचौं विकेटका ७३ रनको साझेदारी गरेका थिए । राजेश ५२ बलमा ४ छक्का प्रहार गर्दै ३८ रनमा क्याच आउट भए । ४० औं ओभरको अन्तिम बलमा राजेशलाई दीपेशले समिर कंडेलबाट क्याच गराउँदै अर्धशतकीय साझेदारी तोडेका थिए ।

विशाल पौडेलले १० ओभरमा ५७ रन खर्चेर २ विकेट लिए । कप्तान बिपिन खत्रीले १० ओभरमा १ मेडन सहित ७५ रन खर्चेर २ विकेट लिए । दीपेश खत्री र चन्द्रकान्त पौडेलले १–१ विकेट लिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]