5 years ago
March 17, 2021
एजेन्सी – कप्तान सचिन तेन्दुलकर, युवराज सिंह, युसुफ पठानको उत्कृष्ट ब्याटिङको सहयोगमा रोड सेफ्टी विश्व टि२० सिरिजको पहिलो सेमिफाइनलमा भारत लेजेन्ड्सले वेस्टइन्डिज लेजेन्ड्सलाई २ सय १९ रनको विशाल लक्ष्य दिएको छ ।

सहिद वीर नारायण सिंह इन्टरनेशनल स्टेडियम रायपुरमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १८ रन बनायो । भारतका कप्तान सचिन तेन्दुलकरले ४२ बलमा ६ चौका र ३ छक्का सहित ६५ रनमा क्याच आउट भए । युसुफ पठानले २० बलमा २ चौका र ३ छक्का सहित ३७ रनमा अविजित रहे । युवराज सिंह २० बलमा १ चौका र ६ छक्का सहित ४९ रनमा अविजित रहे ।
ओपनर सचिन र विरेन्द्र सहवागले ५.३ ओभरमा ५६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सहवागलाई टिनो बेस्टले क्रिक एडवार्ड्सबाट ३५ रनमा कट एण्ड बोल्ड आउट गर्दै वेस्टइन्डिजलाई पहिलो सफलता दिलाएका थिए । सहवागले १७ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।
मोहम्मद कैफ २१ बलमा २ चौका र २ छक्का सहित २७ रनमा आउट भए । वेस्टइन्डिजका टिनो विष्टले सर्वाधिक २ विकेट लिए । रयान अस्टिन १ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]