5 years ago
March 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा हुने चौथो संस्करणको यू१६ नेक्सस कप टि२० क्रिकेट प्रतियोगिता चैत तेस्रो सातादेखि सुरु हुने भएको छ ।

नेक्सस कप चैत १६ गते देखी ३१ गते सम्म काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने भएको छ । प्रतियोगितामा १६ टोलीको सहभागिता रहने नेक्ससका अध्यक्ष कुमार शाहीले जनाकारी दिएका छन् ।
ओसिस क्रिकेट एकेडेमी काठमाडौं, घोडाघोडी क्रिकेट एकेडेमी कैलाली, तिलोत्तमा क्रिकेट एकेडेमी रुपन्देही, आर एस क्रिकेट क्लब दाङ, वाइ वाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी हात्तीबन काठमाडौं, ग्रेट हिमालय क्रिकेट एकेडेमी शान्तीनगर काठमाडौं, नेक्सस क्रिकेट एकेडेमी काठमाण्डौ, वेष्टर्न क्रिकेट एकेडेमी बुटवल र एन सि ए नेपाल काठमाडौं छन् । त्यस्तै हिमालय क्रिकेट एकेडेमी काठमाडौं, बालुवाटार क्रिकेट क्लब काठमाडांै, स्याङजा क्रिकेट क्लब स्याङजा, एन्जल हर्ट स्पोट्स एकेडेमी काठमाडौं, नेपाल अन्नपुर्ण युथ क्लब रौटहट, नेक्सस बी र काठमाडांै क्रिकेट ट्रेनिङ सेन्टर छन् ।

विजेताले १ लाख ११ हजार प्राप्त गर्ने छ । उपविजेतालाई ७५ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा हरेक खेलमा प्लेयर अफ द म्याच, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान, सर्वोत्कृष्ट खेलाडी र उदीयमान ब्यक्तिगत विधागत अवार्ड प्राप्त गर्ने छ । टि२० शैलीमा लिग कम नकआउट का आधारमा संचालन हुने उक्त प्रतियोगिता हरेक दिन दुई खेल हुने छन् । सहभागी टिमहरुलाइ ४ समूहमा विभाजन गरिने छ ।
यू१६ उमेर समूहको प्रतियोगिता भएकाले २०६१ साल फागुन ३० गते भन्दा पछि जन्म भएको प्रमाण खुल्ने जन्म दर्ता वा कक्षा ८ को प्रमाण पत्र वा एस इ इ को प्रमाणपत्र लगाएत सरकारी कागजपत्र लाई आधार मानिने आयोजकले जनाएको छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]