default_image

5 years ago

March 18, 2021

सूर्यको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डलाई विशाल लक्ष्य

122 views

0 Bookmark

एजेन्सी – शीर्षक्रमका ब्याट्सम्यान सूर्य कुमार यादवको उत्कृष्ट ब्याटिङको सहयोगमा भारतले चौथो टि२० आई खेलमा इंग्ल्यान्डलाई १ सय ८६ रनको विशाल लक्ष्य दिएको छ ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८५ रन बनायो । डेब्यू इनिङ खेलेका सूर्य कुमार यादवले ३१ बलमा ६ चौका र ३ छक्का सहित ५७ रनको उत्कृष्ट ब्याटिङ गरे । चौथो ओभरको पाँचौं बलमा करिअरको पहिलो टि२० आई बल सामना गरेका सूर्यले जोफ्रा आर्चरलाई फाइन लेगमा छक्का प्रहार गर्दै इनिङको उत्कृष्ट सुरुवात गरेका थिए ।

सूर्यले १२ औं ओभरको अन्तिम बलमा स्पिनर आदिल राशिदलाई चौका प्रहार गर्दै २८ बलमा अर्धशतक पूरा गरेका थिए । साम करनको १४ औं ओभरको दोस्रो बलमा सूर्य डेविड मलानबाट उत्कृष्ट क्याच आउटको शिकार बन्न पुगे । सूर्यको आउट दिन थर्ड एम्पायरलाई समेत केहि समय लागेको थियो ।

ओपनर रोहित शर्मालाई जोफ्रा आर्चरले चौथो ओभरको चौथो बलमा १२ रनमा कट एण्ड बोल्ड आउट गरेपछि सूर्य ब्याटिङको लागि मैदान छिरेका थिए । डेब्यू दोस्रो टि२० खेलमा गरेपनि ब्याटिङ गर्ने मौका पाएका थिएनन् । आठौं ओभरको चौथो बलमा बेन स्टोक्सले लोकेश राहुललाई १४ रनमा जोफ्राबाट क्याच आउट गराए । राुहलले १७ बलमा २ चौका प्रहार गरे । लगत्तै नवौं ओभरको चौथो बलमा स्पिनर आदिल राशिदले जस बटलरबाट १ रनमा स्टम्पिङ आउट गराए ।

श्रेयस ऐरले १८ बलमा ५ चौका र १ छक्का सहित ३७ रनको इनिङ खेले । जोफ्रा आर्चरले ऋषभ पन्तलाई ३० रनमा बोल्ड आउट गरे । पन्तले २३ बलमा ४ चौका प्रहार गरे । इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । साम करन, बेन स्टोक्स, मार्कवुड र आदिल राशिदले १–१ विकेट लिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.