default_image

5 years ago

March 18, 2021

इंग्ल्यान्डमाथि भारतको रोमान्चक जित

255 views

0 Bookmark

एजेन्सी – भारतले चौथो टि२० आई खेलमा इंग्ल्यान्डमाथि ८ रनको रोमान्चक जित हात पारेको छ । योसँगै पाँच टि२० आई सिरिज २-२ को बराबरी अवस्थामा पुगेको छ । जितका लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७७ रन बनायो ।

इंग्ल्यान्डलाई जितको लागि अन्तिम ओभरमा २३ रन आवश्यक थियो । पहिलो बलमा शार्दूल ठाकुरले एक रन दिँदा दोस्रो बलमा चौका र तेस्रो बलमा जोफ्रा आर्चरले छक्का प्रहार गर्दै खेललाई रोमान्चक बनाएका थिए । चौथो बलमा लगातार दुई वाइड फालेपछि ३ बलमा इंग्ल्यान्डलाई १० रन चाहिँएको थियो । चौथो बलमा आर्चरले एक रन बटुले । पाँचौं बलमा क्रिस जोर्डन हार्दिक पान्ड्याबाट १२ रनमा क्याच आउट भएपछि इंग्ल्यान्डको जितको सम्भावना टाढिएको थियो । अन्तिम बल ठाकुरले डट राख्दै खेल जिताएका थिए ।

इंग्ल्यान्ड अन्तिम समयतिर चुकेको थियो । एक समय अन्तिम २४ बलमा ४६ रन आवश्यक हुँदा इंग्ल्यान्डको सहज जितको सम्भावना देखिएको थियो । उक्त समय इंग्ल्यान्ड १६ ओभरमा १४०–४ को बलियो अवस्थामा थियो ।


बेन स्टोक्सले २३ बलमा ४ चौका र ३ छक्का सहित ४६ रनको इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् । भुवनेश्वर कुमारको तेस्रो ओभरको पाँचौं बलमा जस बटलर ठूलो सट खेल्ने धुनमा ९ रनमा राहुल चहरबाट समातिन पुगे । राहुललेनै डेविड मलानलाई १४ रनमा बोल्ड आउट गरे । जेयस रोय २७ बलमा ६ चौका र १ छक्का सहित ४० रनमा क्याच आउट भए । रोयलाई हार्दिक पान्ड्याले नवौं ओभरको पाँचौं बलमा सूर्य कुमार यादवबाट क्याच आउट गराए ।


जोनी बेयरस्टो १९ बलमा २ चौका र १ छक्का सहित २५ रनमा आउट भए । १७ औं ओभरको पहिलो बलमा शार्दूल ठाकुरले स्टोक्सलाई सूर्यबाट क्याच आउट आउट गराए । लगत्तै दोस्रो बलमा मोर्गनलाई ४ रनमा वासिन्टन सुन्दरबाट क्याच आउट गराएपछि भारत खेलमा फर्किएको थियो ।


भारतका तीव्र गतिका बलर शार्दूल ठाकुरले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । हार्दिक पान्ड्याले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । स्पिनर राहुल चहरले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमारको नाममा १ विकेट रह्यो ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । डेब्यू इनिङ खेलेका सूर्य कुमार यादवले ३१ बलमा ६ चौका र ३ छक्का सहित ५७ रनको उत्कृष्ट ब्याटिङ गरे । चौथो ओभरको पाँचौं बलमा करिअरको पहिलो टि२० आई बल सामना गरेका सूर्यले जोफ्रा आर्चरलाई फाइन लेगमा छक्का प्रहार गर्दै इनिङको उत्कृष्ट सुरुवात गरेका थिए ।

सूर्यले १२ औं ओभरको अन्तिम बलमा स्पिनर आदिल राशिदलाई चौका प्रहार गर्दै २८ बलमा अर्धशतक पूरा गरेका थिए । साम करनको १४ औं ओभरको दोस्रो बलमा सूर्य डेविड मलानबाट उत्कृष्ट क्याच आउटको शिकार बन्न पुगे । सूर्यको आउट दिन थर्ड एम्पायरलाई समेत केहि समय लागेको थियो ।

ओपनर रोहित शर्मालाई जोफ्रा आर्चरले चौथो ओभरको चौथो बलमा १२ रनमा कट एण्ड बोल्ड आउट गरेपछि सूर्य ब्याटिङको लागि मैदान छिरेका थिए । डेब्यू दोस्रो टि२० खेलमा गरेपनि ब्याटिङ गर्ने मौका पाएका थिएनन् । आठौं ओभरको चौथो बलमा बेन स्टोक्सले लोकेश राहुललाई १४ रनमा जोफ्राबाट क्याच आउट गराए । राुहलले १७ बलमा २ चौका प्रहार गरे । लगत्तै नवौं ओभरको चौथो बलमा स्पिनर आदिल राशिदले जस बटलरबाट १ रनमा स्टम्पिङ आउट गराए ।

श्रेयस ऐरले १८ बलमा ५ चौका र १ छक्का सहित ३७ रनको इनिङ खेले । जोफ्रा आर्चरले ऋषभ पन्तलाई ३० रनमा बोल्ड आउट गरे । पन्तले २३ बलमा ४ चौका प्रहार गरे । इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । साम करन, बेन स्टोक्स, मार्कवुड र आदिल राशिदले १–१ विकेट लिए । पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । तेस्रो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.