5 years ago
March 19, 2021
एजेन्सी – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले इंग्ल्यान्डविरुद्ध खेल्ने तीन ओडिआई सिरिजको लागि दुई नयाँ अनुहार समेट्दै टोली घोषणा गरेको छ ।

ब्याट्सम्यान सूय कुमार यादव र तीव्र गतिका बलर प्रसिद्ध कृष्णालाई पहिलो पटक ओडिआई टोलीमा समेट्दै भारतले विराट कोहलीको कप्तानीमा १८ सदस्य टोली घोषणा गरेको छ । भारत र इंग्ल्यान्डबीच पाँच टि२० आई सिरिज जारी छ । सुरुवाती ४ खेल सकिँदा सिरिज २–२ को बराबरीमा छ । पाँचौं टि२० आई खेल शनिबार हुने छ । टि२० आई पछि ओडिआई सिरिज हुने छ ।
पहिलो ओडिआई पहिलो खेल चैत १०, दोस्रो १३ र तेस्रो ओडिआई १५ गर्ते (मार्च २३, २६ र २८) हुने छ । तीनै ओडिआई खेल पुणेमा हुने छ । सूर्यले भारतका लागि इंग्ल्यान्डसँगको दोस्रो टि२० आई खेलमा डेब्यू गरेका थिए । उक्त खेलमा ब्याटिङ गर्न नपाएपनि विहिबार चौथो खेलमा भारतलाई जिताउन सूर्यले डेब्यू इनिङमा ५७ रनको उत्कृष्ट प्रर्दशन गरेपछि छनोट समितिले ओडिआई टोलीमा पनि मौका दिने निर्णय लिएको हो । भारतीय टोलीबाट खेल्नु अघि मुम्बईबाट सूर्यले विजय हजारे ट्रफीमा उच्च प्रर्दशन गरेका थिए । सूर्यले इन्डियन प्रिमियर लिग (आइपिएल) मुम्बई इन्डियन्स र प्रसिद्धले कोलकाता नाइट राइडर्सबाट आइपिएल खेल्ने गर्दछन् ।

तीव्र गतिका बलर प्रसिद्ध कृष्णले हालसम्म भारतीय टोलीबाट खेलेका छैनन् । उनी पहिलो पटक भारतीय टोलीमा परेका हुन् । सूर्यले घरेलु क्रिकेट मुम्बई र प्रसिद्धले कर्नाटकाबाट खेल्ने गर्दछन् । कृष्णाले यसै साता सम्पन्न विजय हजारे ट्रफीमा उत्कृष्ट प्रर्दश गरेपछि भारतीय छनोट समितिले उनलाई भारतीय टोलीमा बोलाएको हो । उनले विजय हजारेमा कर्नाटकालाई फाइनल सम्म पुर्याउन ७ खेलमा १४ विकेट लिएका थिए । त्यस्तै घरेलु क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्दै क्रुनाल पान्ड्याले भारतीय टोलीमा पूनरागमन गरेका छन् ।

भारतको टोली : विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, शुभमन गिल, श्रेयस ऐर, सूर्यकुमार यादव, हार्दिक पान्ड्या, ऋषभ पन्त (विकेकिपर), लोकेश राहुल (विकेटकिपर), युजभेन्द्र चहल, कुलदीप यादव, क्रुनाल पान्ड्या, वासिन्टन सुन्दर, टि नटराजन, भुवनेश्वर कुमार, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण र शार्दूल ठाकुर ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]