default_image

5 years ago

March 20, 2021

दक्षिण अफ्रिकालाई हराउँदै श्रीलंका फाइनलमा

155 views

0 Bookmark

एजेन्सी – भारतमा जारी रोड सेफ्टी विश्व टि२० सिरिजमा श्रीलंका लेजेन्ड्सले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका लेजेन्ड्सलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

शुक्रबार राती भएको सेमिफाइनलमा श्रीलंकाले सहज जितका साथ फाइनलमा भारतसँग भेट पक्का गरेको छ । जितको लागि १ सय २६ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका लेजेन्ड्सले १७.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंका ओपनर तथा कप्तान तिलकरत्ने दिलशान र सनथ जयसूर्या १८–१८ रनमा आउट भए ।

उपुल थरंगा ४४ बलमा ५ चौका सहित ३९ रनमा अविजित रहे । चिन्थाक जयसिंघे २५ बलमा ८ चौका र १ छक्का सहित ४७ रनमा अविजित रहँदै फाइनल यात्रा पक्का गरे । तेस्रो विकेटका लागि जयसिंघे र थरंगाले ७० रनको अविजित साझेदारी गर्दै जित दिलाएका थिए । दक्षिण अफ्रिका माखाया एनतिनी र एल्भिरो पीटरसनले १–१ विकेट लिए ।


त्यसअघि सहिद वीर नारायण सिंह अन्तर्राष्ट्रिय स्टेडियम रायपुरमा टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिका २० ओभरमा १ सय २५ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिका ओपनर मोर्ने भ्यान विकले ४७ बलमा ८ चौका सहित सर्वाधिक ५३ रन बनाए । अल्भिरो पीटरसन २७ बलमा ५ चौका सहित २७ र जस्टिन केम्प १५ रनमा आउट भए । श्रीलंका तीव्र गतिका बलर नुवान कुलसेकराले ४ ओभरमा २५ रन खर्चेर ५ विकेट लिदै ‘प्लेयर अफ द म्याच’ चुनिए । फाइनल आइतबार साँझ हुने छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.