5 years ago
March 20, 2021
एजेन्सी – तीव्र गतिका बलर ट्रेन्ट बोल्टको उत्कृष्ट बलिङमा न्युजिल्यान्डले पहिलो ओडिआई खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ । सहज जितसँगै घरेलु टोली न्युजिल्यान्डले तीन ओडिआई सिरिजमा १–० को अग्रता लिएको छ ।

जितका लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले २१.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । न्युजिल्यान्डका ओपनर हेनरी निकोलस ५३ बलमा ६ चौका सहित ४९ रनमा अविजित रहे । विल योंग ११ रनमा अविजित रहँदा ओपनर मार्टिन गुप्टिल ३८ र डेभन कन्वे २७ रनमा आउट भए । आक्रामक सुरुवात दिएका गुप्टिलले १९ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । बंगलादेशका हसन मोहम्मद तस्किन अहमद १–१ विकेट लिए ।
त्यसअघि युनिभर्सिटी ओभल डुनेदिनमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश ४१.५ ओभरमा १ सय ३१ रनमा अल आउट भयो । बंगलादेशका महमुदूल्लाहले सर्वाधिक २७ रन बनाए । कप्तान तमिम इकबाल १३, लिटन दास १९, मुश्फिकुर रहिम २३ र मेहदी हसन १४ रनमा आउट भए ।
न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ८.५ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । जेम्श निशम र मिचेल सान्टनारले २–२ विकेट लिए । ट्रेन्ट बोल्ट ‘प्लेयर अफ द म्याच’ चुनिए । दोस्रो ओडिआई मंगलबार हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]