5 years ago
March 20, 2021
एजेन्सी – इंग्ल्यान्डले भारतविरुद्ध पाँचौ तथा निर्णायक टि२० आई खेलमा पहिला बलिङ गर्ने भएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा इंग्ल्यान्डका कप्तान ओईन मोर्गनले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

पाँच टि२० आई सिरिजमा सुरुवाती चार खेल सकिँदा २-२ को बराबरीमा छ । भारतले आज टोलीमा एक परिवर्तन गरेको छ । लगातार खराब प्रदर्शन गरि रहेका ओपनर लोकेश राहुललाई आज भारतले बेन्चमा राखेको छ । राहुलको स्थानमा भारतले सबैलाई आश्चर्य पार्दै तीव्र गतिका बलर टि नटराजनलाई मौका दिएको छ । भारतको ओपनिङ रोहित शर्मा र विराट कोहलीले गर्ने छन् । चौथो खेलमा सूर्यले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो । दोस्रो टि२० आई ७ विकेटले पराजित भएको इंग्ल्यान्डले तेस्रो टि२० खेलमा ८ विकेटले विजयी भएको थियो । चौथो टि२० खेलमा भारत ८ रनले विजयी भएको थियो । इंग्ल्यान्डले आज टोलीमा कुनै परिवर्तन गरेको छैन ।
भारतको प्लेइङ ११ : टि नटराजन, रोहित शर्मा, विराट कोहली (कप्तान), श्रेयस ऐर, ऋषभ पन्त, हार्दिक पान्ड्या, वासिन्टन सुन्दर, सूर्यकुमार यादव, भुवनेश्वर कुमार, शार्दुल ठाकुर र राहुल चाहर
इंग्ल्यान्डको प्लेइङ ११ : जेसन रोय, जस बटलर (विकेटकिपर), डेविड मलान, जोनी बेयरस्टो, ओईन मोर्गन (कप्तान), बेन स्टोक्स, साम करन, जोफ्रा आर्चर, क्रिस जोर्डन, आदिल राशिद र मार्क वुड
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]