default_image

5 years ago

March 20, 2021

जिम्बावेमाथि अफगानिस्तानको क्लिनस्विप

191 views

0 Bookmark

एजेन्सी – अफगानिस्तानले जिम्बावेविरुद्ध तीन टि२० आई सिरिज क्लिनस्विप गरेको छ । तेस्रो टि२० आई खेलमा जिम्बावेलाई ४७ रनले पराजित गर्दै अफगानिस्तानले क्लिनस्विप गरेको हो ।

जितको लागि १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३६ रन बनायो ।

जिम्बावेका सिकन्दर राजा २९ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ४१ रनमा अविजित रहे । रायन र्बुल ३१ बलमा १ चौका र ३ छक्का सहित ३९ रनमा अविजित रहे । तरिसै मुसकान्डाले ३० र सेन विलियम्सले १४ रन बनाउन बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका करिम जान्तले सर्वाधिक २ विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडिम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो । अफगानिस्तनका नाजिबुल्लाह जद्रान ३५ बलमा ५ चौका र ५ छक्का सहित ७२ रनमा अविजित रहे । उस्मान घानी ३९, कप्तान अस्गर अफगान २४, कामिर जान्त २१ र रहमानुल्लाह गुर्बाज १८ रनमा आउट भए । जिम्बावेका मुर्जाबानी र रिचर्ड नगारावाले २–२ विकेट लिए ।

पहिलो खेलमा अफगानिस्तान ४८ रन र दोस्रो ४५ रनले विजयी भएको थियो ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.